तेहरान । इरानको समृद्ध युरेनियम भण्डार र भविष्यमा युरेनियम संवर्धन गर्ने विषयमा सहमति जुट्न नसकेपछि इरान र अमेरिकाबीचको वार्ता ठप्प भएको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीचको मतभेद कायमै रहेकाले मध्यपूर्वमा पुनः सैन्य द्वन्द्व चर्किन नदिने ग्यारेन्टी दिन नसक्ने चेतावनी दिएका छन् ।
अल अरेबिया इङ्ग्लिसले एक वरिष्ठ स्रोतलाई उद्धृत गर्दै दिएको प्रतिवेदनअनुसार अमेरिकाले इरानसँग आफ्नो समृद्ध युरेनियम भण्डार हटाउने र भविष्यमा युरेनियम संवर्धन पुनः सुरु नगर्ने स्पष्ट कार्ययोजना तथा लिखित प्रतिबद्धता मागिरहेको छ । मध्यस्थकर्ताहरूले मतभेद कम गर्न विभिन्न प्रस्ताव अघि सारे पनि दुवै देश आआफ्नो अडानमा कायम छन् ।
इरानको आणविक कार्यक्रमको भविष्य’bout सहमति हुन नसकिरहेका बेला कूटनीतिक वार्ता अवरुद्ध भएको हो ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले कूटनीतिक गतिरोध अन्त्य गर्ने नाममा मात्र अमेरिकासँग सम्झौता नगर्ने बताएका छन् । उनले कुनै पनि सम्झौताले इरानको राष्ट्रिय हित र सुरक्षा चासो सम्बोधन गर्नुका साथै अर्को सैन्य टकराव हुन नदिने सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् ।
अल जजिराका अनुसार इरानको सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा अराघचीले तेहरानले ‘न युद्ध न शान्ति’ को अवस्थालाई निरन्तरता दिनुभन्दा ‘राम्रो, सम्मानजनक र स्थायी सम्झौता’ चाहेको बताएका थिए ।
अमेरिकासँग हुन सक्ने सम्भावित समझदारीको स्थायित्वमाथि प्रश्न उठाउँदै उनले दुई महिनापछि नै सम्झौता उल्लङ्घन भएर फेरि युद्ध सुरु हुने हो भने अहिले सम्झौतामा पुग्नुको औचित्य नरहने धारणा व्यक्त गरे ।
गत जुनमा भएको युद्धविराम सम्झौताको १५ दिनपछि नै पुनः लडाइँ सुरु भएको प्रसङ्ग उल्लेख गर्दै उनले विगतको अवस्था दोहोरिने जोखिम रहेको अवस्थामा तेहरानले सम्झौता स्वीकार नगर्ने बताए ।
आणविक विषयमा भने इरान ६० प्रतिशतसम्म संवर्धन गरिएको युरेनियमको भण्डार’bout वार्ता गर्न तयार रहेको उनले स्पष्ट पारे । तर, उक्त सामग्री इरानबाहिर पठाउने प्रस्ताव भने तेहरानलाई स्वीकार्य नरहेको उनको भनाइ थियो ।
इरानको राष्ट्रिय हित र सुरक्षा चासोलाई समेट्ने बृहत् सम्झौता हुन सके युरेनियम संवर्धनका विषयमा पनि उपयुक्त सहमति निकाल्न सकिने अराघचीले बताए ।
कतार र पाकिस्तानलगायत मध्यस्थकर्तामार्फत तेहरान र वासिङ्टनबीच सन्देश तथा प्रस्ताव आदानप्रदान भइरहेको पनि उनले पुष्टि गरे ।
‘हामी कूटनीतिमा विश्वास गर्ने मानिस हौँ र अझै पनि कूटनीतिप्रति आशावादी छौँ,’ उनले भने ।
इरानले आणविक कार्यक्रम, प्रतिबन्ध र सुरक्षा चासोलाई सम्बोधन गर्ने सम्झौता आवश्यक रहेको आफ्नो अडान दोहो¥याएको छ । अमेरिकाले आफ्ना सर्त पूरा गरेमा इरान हर्मुज जलघाँटी पुनः खोल्न इच्छुक रहेको पनि अराघचीले बताएका छन् ।
सम्बन्धित समाचार
सोनिया गान्धीको संस्मरणमा प्रेम र संघर्ष
इरान युद्ध अन्त्य हुने संकेतसँगै कच्चा तेलको मूल्य ९० डलरभन्दा तल
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
चीनका राष्ट्रपति सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि
कोस्टारिकामा पत्रकारको गोली हानी हत्या
सेन्जेनमा सि जिनपिङ र पुटिनबीच भेटवार्ता






