उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

उदयपुर । उदयपुरमा आइतबार एक महिला सहित ५ जनामा कोराना पोजेटिभ देखिएको छ । भारतको बिभिन्न स्थानबाट आएर त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडा क्वारेन्टिनमा बस्दै आएका २ जना, नेपाली सेनाले निर्माण गरेको कटारी नगरपालिका– १ बेलेश्रोत क्वारेन्टिनका १ जना ताप्ली गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टिनका १ जना र उदयपुरगढी गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टिनका १ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतको गुठगाँउबाट आएका त्रियुगा नगरपालिका– ५ देउरीका ३८ वर्षीय महिला, दिल्लीबाट आएका त्रियुगा नगरपालिका– ९ गहिरुनका ४० वर्षिय पुरुष भारतका हरियानाबाट आएका उदयपुरगढी गाउँपालिका– ७ का ३० वर्षीय पुरुष, दिल्लीबाट सुनौली नाका हुँदै आएका कटारी नगरपालिका– ५ का २२ वर्षिय पुरुष, दिल्लीबाट लौकाठाडी नाका हुँदै भित्रिएका ताप्ली गाउँपालिका– ५ रुपाटारका ३७ वर्षिय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।

उनीहरु केही दिन अघि मात्र भारतको दिल्ली, गुठगाउँ, हरियानाबाट बिभिन्न नाकाबाट उदयपुर प्रबेश गरेका थिए । उदयपुरमा कोरोना भाईरस (कोभिड –१९) नियन्त्रणोन्मुख देखिएको अबस्थामा भारतबाट आउन थालेपछि पुन कोरोना देखिन थालेको हो । एक साता अघि २ महिलासहित उदयपुरमा १० जना कोरोना संक्रमित भेटिएको थियो । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के बाहेकका ठाउँमा संक्रमितहरु देखिने क्रम जारी छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार भारतबाट आएर क्वारेन्टिनमा राखिएका बेलका नगरपालिका–९ का २ तथा बेलका नगरपालिका–३ का ३ गरी ५ जनामा संक्रमण पुष्टि भएका हुन । उनीहरु पनि भारतकै मेघालय (कोईला खानी) बाट फर्केको बताइएको छ । नगर प्रमुख दुर्गाकुमार थापाले ९ नं. का संक्रमितहरु भारतको दिल्लीबाट नेपाल भारत सीमास्थल सिराहाको लौकही ठाडी भएर नगरपालिका भित्रिएको बताए । १० जनाको टोली ठाडी आईपुगेको जानकारी पाएपछि उनीहरुलाई नगरपालिकाले उद्धार गरी गत २२ गते ठाडी पुगेर उद्धार गरी क्वारेन्टाईनमा राखेको हो । त्यस्तै गौरीफन्टा नाका भएर आएका ३ नं. वडाका युवासहित ८ जनालाई जेठ १९ गते उद्धार टोलीले नगरपालिका भित्याएको नगर प्रमुख थापाले बताए । यो सँगै बेलकामा संक्रमितको संख्या ५ पुगेको छ ।

क्वारेन्टिनमा रहेका मध्ये त्रियृुगा नगरपालिका– १० का दिदीभाइ र कटारी नगरपालिका– १ बेलसोत क्वारेन्टिनका १ जनामा संक्रमित पुष्टि भएका थिए भने उदयपुगढी गाउँपालिका– ५ का १ जनामा संक्रमण पाइएको थियो । कटारी नगरपालिका– १३ का संक्रमित पुष्टि भएका ३६ वर्षीय पुरुष पनि भारतबाटै आएको बताइएको छ ।

भारतबाट नेपाल भारत सीमा काकडभिट्टासम्म आएका उनी लगायतलाई नगरपालिकाले उद्धार गरी कटारी ल्याएर क्वारेन्टाईनमा राखेको थियो । पछिल्लो समय भारतबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण देखिने क्रम जारी रहेको छ । बैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएका त्रियुगा नगरपालिका– ३ भुल्के नुरी मस्जिद र आसपासका ८ महिला सहित ३२ मध्ये भारतका १२ र मोरङका ४ जमाति, सप्तरीका २ र बाँकी भुल्केका थिए । जेठ २ गते ताप्ली गाउँपालिका– ५ रुपाटार घर भई त्रियुगा नगरपालिका–११ गाईघाटमा भाडामा बस्दै आएका १ पत्रकारमा पाइएपछि भुल्केसँग ‘नेटवर्किङ’ जोडिएका नयाँ संक्रमित भेटिएका छैनन् । पछिल्लो पुष्टिसँगै उदयपुरमा संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमित मध्ये ३३ जना निको भएर घर फर्किसकेका छन् भने १९ जना कोरोना अस्पतालको आईसोलेसनमा उपचाररत छन् ।

त्यसैगरी अहिलेसम्म उदयपुरमा १० जना महिलासहित ५२ जनामा कोरोना पुष्टि भएको थियो । जसमा त्रियुगा नगरपालिकामा ४१ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा १ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरमा नयाँ सम्भाबित संक्रमित ८० जना रहेको अनुमान गरिएको छ । जसमा कटारी नगरपालिकामा २८ जना, चौदण्डीगढी नगरपालिकामा ६ जना, त्रियुगा नगरपालिकामा ९ जना, बेलका नगरपालिकामा १६ जना, रौतामाई गाउँपालिकामा ९ जना र लिम्चुङबुङ गाउँपालिकामा १२ जना रहेको उल्लेख गरिएको छ ।

क्वारेन्टिनमा २६ महिलासहित २१० जना रहेका छन् । होम क्’boutन्टिनमा १४ महिला सहित ४६० जना रहेको छ । उदययपुरमा ३५ स्थानमा निर्माण गरिएको क्वारेन्टिनमा ५५० बेड क्षमता रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले उल्लेख गरेको छ । उदयपुरमा अहिलेसम्म १६२ महिला सहित ८०८ जनाको आरडिटि गरेको छ भने ८९७ जना महिला सहित ३ हजा ८३ जनाको पिसिआर गरेको बताइएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ