निजी विद्यालयकाे आग्रह : बैशाखदेखिकै शुल्क बुझाउनुहाेला

काठमाडौं । निजी विद्यालय लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो ।

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।’ यसको अर्थ अब निजी विद्यायले बैशाख महिनादेखीकै शुल्क लिने भएका छन् । अनलाइन कक्षाको पनि अभिभावकले शुल्क तिर्नुपर्ने भएको छ ।

नेपाल सरकारले बजेटमा निजी विद्यालयका लागि कुनै राहत नल्याएको भन्दै विज्ञप्ती मार्फत लकडाउनले विद्यालय बन्द रहेको र आम्दानी सून्य भएको उल्लेख गरेका छन् । समग्र विद्यालयमा दुई लाखका हाराकारीमा शिक्षक कर्मचारी रहेको र कतिपय विद्यालयले घर भाडा तिर्न नसकेको भन्दै अभिभावकलाई शुल्क तिर्न आग्रह गरिएको छ । नेपाल सरकारले लकडाउन अवधिको शुल्क नलिन आग्रह गरेको छ भने अनलाइन कक्षाको शुल्क पनि लिन नपाइने उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 757 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते