उदयपुर । उदयपुरमा एकै परिवारका ५ सहित १५ जनामा कोराना पोजेटिभ देखिएको छ । तेश्रो मुलुक तथा भारतको बिभिन्न स्थानबाट आएर त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडा ताप्ली गाउँपालिका– ५ रुपाटारमा रहेको महेन्द्ररत्न माबिमा रहेको क्वारेन्टिनमा बस्ने र कटारी नगरपालिका– १ स्थित बेलश्रोतमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका ३ बालबालिका सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतको दिल्लीमा होटल ब्यवसाय गरेर गत असार ३ गते फर्किएर कटारी नगरपालिका– १ स्थित बेलश्रोतमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका कटारी नगरपालिका– ५ का ४६ वर्षिय पुरुष, २१ वर्षिय पुरुष, १७ वर्षिय किशोरी, १३ वर्षिय र १० वर्षिय बालिकामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु एकै परिवारका सदस्य हुन् ।
भारतको दिल्लीबाट आएका त्रियुगा नगरपालिका– ९ गहिरुनका ३० वर्षिय महिला, दिल्लीबाट आएका त्रियुगा नगरपालिका– १० बोक्सेका ५३ वर्षिय महिला, बैदेशिक रोजगारीमा कुबेतबाट आएका त्रियुगा नगरपालिका– ६ जलजलेका ३० वर्षिय महिलामा संक्रमण देखिएको छ । बैदेशिक रोगजारीमा कुबेत पुगेर आएकी त्रियुगा नगरपालिका– ४ बगाहाकी ३८ वर्षिय महिला, भारतको युपिबाट जोगबनी नाका हुँदै आएका त्रियुगा नगरपालिका– ६ का ३५ वर्षिय पुरुष, दिल्लीबाट जोगबनी नाका हुँदै भित्रिएका त्रियुगा नगरपालिका– १० बोक्सेका २६ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । त्यस्तै कुबेतबाट आएका त्रियुगा नगरपालिका– २ मोतियाहीका ३० वर्षिय पुरुष र बैदेशिक रोजगारीमा दुबई पुगेर आएका त्रियुगा नगरपालिका– ८ चुहाड्का २३ वर्षिय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।
उनीहरु असार ९ गते कुबेत, दुबई भारतको दिल्ली, युपिबाट बिभिन्न नाकाबाट उदयपुर प्रबेश गरेका थिए । ताप्ली गाउँपालिका– ५ रुपाटारस्थित महेन्द्ररत्न माध्यामिक बिद्यालय रुपाटारमा रहेको क्वारेन्टिनमा बस्दै आएको ताप्ली गाउँपालिका– ४ रुपाटारका ४२ वर्षिय पुरुष र २५ महिलामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु दुबै जना भारतको दिल्लीबाट केहि दिन घर आएका दम्पती हुन । उदयपुरमा कोरोना भाईरस (कोभिड –१९) नियन्त्रणोन्मुख देखिएको अबस्थामा भारतबाट आउन थालेपछि पुन कोरोना देखिन थालेको हो । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के बाहेकका ठाउँमा संक्रमितहरु देखिने क्रम जारी छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार भारतबाट आएर क्वारेन्टिनमा राखिएका मात्र कोरानो संक्रमण पुष्टि भएको हो ।
उनीहरु भारतको बिभिन्न शहरबाट फर्केको बताइएको छ । उनीहरुलाई नगरपालिका तथा गाउँपालिकाले उद्धार गरि क्वारेन्टाईनमा राखेको हो । क्वारेन्टिनमा रहेका मध्ये संक्रमितहरु सबै कटारी नगरपालिका– ५ का एकै घरका ५ जना, ताप्ली गाउँपालिका र त्रियृुगा नगरपालिकाका बिभिन्न वडाका हुन । उनीहरुलाई कोरोना उपचार केन्द्रमा लैजाने तयारी भई रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका श्रोत ब्यक्ति लौकाजी राईले बताए । पछिल्लो समय भारतबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण देखिने क्रम जारी रहेको छ ।
बैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएका त्रियुगा नगरपालिका– ३ भुल्के नुरी मस्जिद र आसपासका ८ महिला सहित ३२ मध्ये भारतका १२ र मोरङका ४ जमाति, सप्तरीका २ र बाँकी भुल्केका थिए । जेठ २ गते ताप्ली गाउँपालिका– ५ रुपाटार घर भई त्रियुगा नगरपालिका–११ गाईघाटमा भाडामा बस्दै आएका १ पत्रकारमा पाइएपछि भुल्केसँग ‘नेटवर्किङ’ जोडिएका नयाँ संक्रमित भेटिएका छैनन् । पछिल्लो पुष्टिसँगै उदयपुरमा संक्रमितको संख्या १७ महिला सहित ६७ जना पुगेको छ । संक्रमित मध्ये ४७ जना निको भएर घर फर्किसकेका छन् भने ५ जना कोरोना अस्पतालको आईसोलेसनमा उपचाररत छन् । १५ जनालाई कोरोना उपचार केन्द्र लैजाने तयारीमा रहेको बताएका छन ।
त्यसैगरी अहिले सम्म उदयपुरमा १७ जना महिला सहित ६७ जनामा कोरोना पुष्टि भएको छ । जसमा त्रियुगा नगरपालिकामा ४९ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिकामा ७ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा ३ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।






