भन्सार छलेर ल्याएको बिँडी बैतडीमा बरामद

बैतडी । भन्सार छलेर ल्याएको बिँडी बैतडी प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याएको बिँडी लुकाईराखेको अवस्थामा हिजो गोठलापानी बजार क्षेत्रबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

भारतबाट अवैध रुपमा ल्याई लुकाईराखेको अवस्थामा करीब २ लाख बराबरको ६ पेटी बिँडी बरामद गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । बरामद गरिएको बिँडी आज महकाली भन्सार कार्यालयलाई बुझाइने उनले बताए । प्रहरीले यसअघि १४ गते राती पनि दशरथचन्द नगरपालिका वडा नं ८ नल्तडीबाट करीब डेढलाखको बिँडी बरामद गरेको थियो । भन्सार छलेर ल्याएको बिँडी भन्सार कार्यालयलाई बुझाएको उनले बताए ।

यसैबीच सोमबार राती बैतडीमा प्रहरी कार्यालय बाहिर नाराबाजी गरिएको छ । राती १२ बजेतिरको समयमा प्रहरी कार्यालय बाहिर नाराबाजी गरिएको र पछि उनीहरु भागेका प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए । अवैध रुपमा भन्सार छलेर बिँडी ल्याउनेहरुको समूहले नै नाराबाजी गरेको हुन सक्ने प्रहरीले जनाएको छ । नाराबाजी गर्नेहरुको खोजी कार्य भइरहेको उनले बताए । तस्करी गरेर भारतबाट अवैध रुपमा सामग्री भित्र्याउनेहरुको समूहलाई निष्क्रिय पार्न प्रहरी लागिपरेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । तस्करहरुको समूहलाई निस्तेज पार्न प्रहरी पछि नपर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

हलेसी तुवाचुङमा ३ विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर