हलेसी तुवाचुङमा ३ विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ । वर्षौंदेखि जीर्ण कटेरो र अरुको आश्रयमा जीवन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिकाका तीन विपन्न परिवारलाई आफ्नै सुरक्षित घरको निर्माण गरी हस्तान्तरण गरिएकोे छ । नगरपालिकाले “सुरक्षित नागरिक आवास कार्यक्रम” अन्तर्गत प्रति परिवार पाँच लाखको लगानीमा दुई कोठे भूकम्प प्रतिरोधी एकतले घर निर्माण गरी हस्तान्तरण गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका वडानम्बर(२ डिकुवाका वृद्ध दम्पत्ति देशवीर राई, वडानम्बर(६ मङ्गलटारका मानसिक अपाङ्गता भएका दाजुबहिनी चामे दमाई र भया दमाई, तथा वडानम्बर(१० अर्खौलेका घरविहीन टेकबहादुर सार्की परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरिएको नगर प्रमुख विमला राईले बताईन् । नगर प्रमुख राईका अनुसार “सुरक्षित नागरिक आवास कार्यक्रम” नगरपालिकाभित्र सबै नागरिकको सुरक्षित आवास सुनिश्चित गर्ने दीर्घकालीन योजना रहेको बताईन् ।

काठमाडौं वा तराईका विभिन्न जिल्लामा अस्थायी बसोवास गर्दै आएका र घरटहरा हटाइएपछि विस्थापित भएका नगरवासीलाई पनि आ–आफ्नै नगरपालिका फर्किए घर निर्माण गर्न सहयोग गरिने नगर प्रमुख राईको भनार्ई छ । यसका लागि सम्बन्धित परिवारको नाममा जग्गा भने अनिवार्य हुनु पर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशन रोक्ने देउवा र खड्काको छुट्टाछुट्टै रिट अध्ययनकै क्रममा