इटहरी । इटहरीमा एकजना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । इटहरी २० तरहराकी एक महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार भारतको ब्याङ्लोरबाट इटहरी आएर होम क्वारेन्टिनमा बस्दै आएकी ३० बर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना भेरिफाई गर्नका लागि उनको तीन पटकसम्म वीपीमा टेष्ट गरिएको धमलाले जानकारी दिए। ती महिलाको १२ गते स्याम्पल पठाइएको उनले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)






