राजु सदाको लागि न्याय माग्दै जनकपुरमा प्रदर्शन, प्रहरीद्वारा हवाई फायर

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार अभावमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको लागि न्याय माग्दै जनकपुरमा भएको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ ।

दलित संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनको क्रममा प्रहरीले भीड तितरबितर पार्न केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हो । संयौको संख्यामा गाउँ–गाउँबाट आएका प्रदर्शनकारी तोडफोमा उत्रिएपछि प्रदेश २ का मुख्यमन्त्री कार्यालय नजिक अश्रुग्यास प्रहार र हवाय फायर गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालयमा प्रवेश गरी तोडफोड गर्न खोजेका थिए । प्रहरीको हवाई फायर र अश्रु ग्यासवाट कसैको क्षति भएको छैन । आरडीटी रिपोर्ट पोजेटिभ आएपछि जेठ २९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषाको हंशपुर नगरपालिका ७ प्रसाहीका १६ वर्षीय राजु सदाको असार ९ गते प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको थियो । पछि राजुलाई झाडापखाला समेत लागेपछि कोरोना भन्दै चिकित्सकहरु उनको उपचारमा उदासिन रहे । मृत्युपछि उनमा कोरोना नरहेको पुष्टि भएको थियो ।

सदाको घटनाको विषयमा छानविन गर्न प्रदेश २ का संसदले अध्ययन विशेष समिति पनि गठन गरेकोे छ । प्रदेशसभा बैठकमा गत आइतबार प्रादेशिक अस्पताल जनकपुरधाममा भएको घटनालाई छानविन गर्न ५ सदस्यीय अध्ययन विशेष समिति गठन गरिएको हो । समितिमा प्रदेशसभा सदस्य रविन्द्र बैठा, चमेली देवी दास, सुरीता कुमारी साह, नरेश कुमार यादव र सावित्री देवी साह सदस्य रहेका छन् ।

सभामुख सरोज राय यादवको निर्देशनमा रहि समितिले आवश्यकता अनुसार विशेषज्ञ लगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिनसक्ने, अनुगमन वा निरीक्षण गर्नसक्ने, विभिन्न मन्त्रालय वा कार्यालयबाट आवश्यक कागजात माग गर्नसक्ने र पदाधिकारीहरुसँग छलफल गर्नसक्ने गरी समितिको कार्यविधि बनाइएको सभामुख सरोज कुमार यादवले जानकारी दिए । समितिलाई प्रतिवेदन बुझाउन ५ दिनको समयसिमा दिइएको छ ।
कोरोना लागेको आशंकामा प्रादेशिक अस्पताल जनकपुरमा जेठ २८ गते भर्ना गरिएको धनुषाको हंसपुर नगरपालिका–७ प्रसाहीका १६ वर्षीय युवक राजु सदाको असोज ९ गते उपचार नपाएर मृत्यु भएको थियो । सदाको मृत्यु भएपछि उनका परिवारजनले घटनाको अनुसन्धान गर्न माग गर्दै आइरहेका छन् ।

यस घटनाको छानविन गर्न प्रदेश सरकारले समेत स्वास्थ्य निर्देशनालयका संयोजक डा. हरिश्चन्द्र साहको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिसकेको छ । समितिका सदस्यहरुमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख नवल किशोर झा र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानून उपसचिव दिलिप कुमार प्रधान रहेका छन् । सदा अस्पतालको आइसोलेसन वार्डको भुइँमा छठपटाइरहेका थिए । उनी कतिबेला खुट्टा उचाल्थे त कति बेला हात चलाउँथे । कहिले कपाल बेस्सरी लुछ्थे । तर स्वास्थ्यकर्मी, चिकित्सक कोही पनि हेर्न आएनन् । राजुको पीडा देख्न नसकेरै सँगै आइसोलेसनमा रहेका अरुण सदाले नजिकै गएर सोध्थे, ‘ए राजु, राजु ! के भो हँ ?’ तर राजु केही बोल्न सकेनन् । अरुणले भुइँबाट उठाएर बेडमा राखे । शरीर थप्थपाए । तर राजुको पीडा २० को १९ भएन । पीडाले हातखुट्टा चलाए, सिरानी च्यापे । आइसोलेसन सेन्टरमा घण्टौंसम्म छटपटाउँदा पनि राजुले उपचार पाएनन् । अन्ततः आइसोलेसन अस्पतालभित्रै राजु सदाको प्राणपखेरु सदाका लागि अस्ताए ।

राजु सदा झण्डै एक वर्षअघि रोजगारीको खोजीमा भारतको अहमदावाद पुगेका थिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न भारतमा लकडाउन भएपछि उनी समस्यामा परे । भारतबाट अरू नेपालीजस्तै उनी पनि घर फर्किए । एक साता हिँडेर उनी जेठ ३ गते धनुषाको प्रसाही आइपुगे । कोरोना संक्रमण फैलिएको क्षेत्र भारतबाट आएका कारण उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टिनमा राखे । तर लामो समयसम्म कोरोना परीक्षणका लागि स्वाबसमेत संकलन गरिएन ।

क्वारेन्टिन बसाइ भद्रगोल थियो । खाना, सरसफाइ राम्रो नभएका कारण क्वारेटिन बसेको १७ औं दिनमा उनलाई पखाला चल्न सुरु भयो । तर उनले राम्रो उपचार पाएनन् । क्वारेन्टिनमा बसेका अरू पनि बिरामी पर्न थाले । जेठ २८ गतेमा उनीसहित तीनजनालाई टिपरमा राखेर जनकपुरधामस्थित प्रादेशिक अस्पतालको गेटसम्म छाडियो । ‘अस्पतालले आइसोलेसनमा भर्ना त ग¥यो, तर उपचारमा ध्यान दिइएन’ घटनालाई नजिकबाट नियालेका पचु सदा भन्छन् । आइसोलेसन अस्पतालमा राखिएका उनलाई खाना त दिइन्थ्यो, तर कोरोना परीक्षणको रिपोर्ट नआएका कारण चिकित्सक र स्वास्थ्यकर्मी हेर्नसमेत नआएको परिवार र साथीभाइको गुनासो छ ।

राजु यसबीचमा निरन्तर झाडापखाला भएका कारण सिकिस्त हुँदै गए । उनलाई एक पुरिया जीवनजल समेत नदिइएको पचु बताउँछन् । गत सोमबार कोरोना संक्रमण नभएको रिपोर्ट आएपछि उनलाई दिउँसोतिर आकस्मिक कक्षसम्म लगियो । तर धेरै ढिला भइसकेको थियो । साँझ उनको मृत्यु भयो । ‘मेरो छोराको यसरी ज्यान जाने थिएन’ राजुका पिता असे सदा भन्छन्, ‘कोरोना जाँचका नाममा मेरो छोरालाई दिनुसम्म दुःख दिएर मारिएको छ ।’ राजुका काका राजेश्वर भन्छन्, ‘कम्तीमा पखाला लागेको जानकारी समेत हामीलाई दिइएन । थाहा भएको भए हामी आफैँ पनि उपचार गराउँथ्यौं ।’

अस्पतालको लापरवाहीका कारण राजुको मृत्यु भएको परिवारको दाबीलाई प्रादेशिक अस्पतालका चिकित्सक भने मान्न तयार छैनन् । आइसोलेसन कक्षका प्रमुख डा. जामुन सिंह अस्पतालका डाक्टरहरूलाई बोलाएर देखाएको दाबी गरे । सिंहका अनुसार उनलाई इन्सेफ्लाइटिसको आशंका गरिएको छ । ‘रगत जाँच गर्दा सोडियम ११७ आएको थियो । सोडियम यस्तो अवस्था आउनु भनेको क्रिटिकल अवस्था हो’ डा. सिंह भन्छन्, ‘हामीले त्यतिबेला ३र४ जना डाक्टरलाई बोलाएर छलफल ग¥यौं । शनिबार रातिदेखि उपचार पनि शुरु गरेका थियौं ।’

इन्सेफ्लाइटिस भएको अवस्थामा बिरामी यसरी छट्पटाउने गरेको उनले सुनाए । ‘त्यस्तो अवस्थामा या त बाँधेर राख्नुपर्छ या त बेहोसीको औषधि दिनुपर्छ’ उनी भन्छन्, ‘तर उनलाई बेहोसीको औषधि दिने अवस्था थिएन । किनकि उनको रिपोर्ट आइसकेको थिएन । हाम्रो अस्पतालमा भेन्टिलेटर पनि भएन ।’

बेहोस बनाउने औषधि नदिएको र नबाँधिएका कारण उनी बेडबाट खसेको डा. सिंहको अनुमान छ । उनी भन्छन्, ‘सुरुमा त हामीलाई दिमागी रोगीको शंका भयो । साइक्लोजिस्ट डा. रवीन्द्र झालाई पनि बोलाएर देखायौं । तर त्यस्तो देखिएन ।’ त्यसपछि फिजिसियन रामेश्वर महासेठ, सञ्जीव झा, अजय यादवलगायतलाई देखाएको उनले बताए । तर कोरोना परीक्षणको रिपोर्ट आउन ढिला भएका कारण आकस्मिक कक्षमा नलगिएको उनले बताए ।

सिंहले भने, ‘रिपोर्ट नआउँदासम्म कोरोना नै हो कि भन्ने थियो, तर रिपोर्ट नेगेटिभ आएपछि आकस्मिक कक्षमा लग्यौं ।’ राजुको अवस्था’bout परिवारलाई जानकारी गराएको र हिस्ट्री’bout परिवारले जानकारी दिन नसकेको उनले बताए । ‘हामी यो केसको डेथ अडिट गरिहेका छौं’ उनले भने, ‘उनी जुन मितिमा नेपाल आए, त्यसबेलादेखि क्वारेन्टिन, आइसोलेसन, आकस्मिक कक्षमा केही त्रुटि भएको छ कि भनेर अडिट गरिरहेका छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 273 times, 1 visits today)

epaper

ताजा समाचार

पत्रकार महासंघ जिल्ला शाखाद्वारा प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र