३ दिनमा चापाकोटका २ पुरुषले गरे आत्महत्या

पोखरा । स्याङ्जामा एकपछि अर्को आत्महत्याका घटना दोहोरिन थालेका छन् । जिल्लाको चापाकोट नगरपालिकामा ३ दिन अवधिमा २ जना पुरुषले आत्महत्या गरेका छन् ।

जिल्लामा असार महिनामा मात्रै ५ वटा केस आत्महत्याको रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । कोरोना महामारीसँगै जारी लकडाउनका कारण मानिसहरु बढी नै मानसिक तनावमा हुने गरेकोले पनि यस्तो खालको आपराधिक क्रियाकलाप हुने गरेको डीएसपी अधिकारीको भनाइ छ ।

उनका अनुसार चापाकोट नगरपालिका वडा ९, निर्दिमका वर्ष ४१ का ढाकाराम पंगेनीले बुधबार आत्महत्या गरेका हुन् । पंगेनीले आफ्नै घरको माथिल्लो तलाको बार्दलीमा काठको बलोमा प्लाष्टिकको डोरी पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनायो ।

यस्तै सो घटनाको ३ दिनअघि अर्थात असार २१ मा वडा २, धुर्कोटका १७ वर्षीय शंकर बिकले आत्महत्या गरेका थिए । आफ्नै घरको सुत्ने कोठाको पंखामा पासो लगाएको अवस्थामा प्रहरीले मृतक बिकको उद्धार गरेको हो ।

यसैगरी, गल्याङ नगरपालिकाका वडा ७ का २४ वर्षीय एक पुरुषले पनि असार २२ मा आत्महत्या गरेका छन् । बुद्धिबहादुर बिकको छोरा मनोज बिकले आफ्नै घरको सुत्ने कोठाको बलोमा प्लाष्टिकको नाम्लो पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनायो । उनले आत्महत्या गरेको खबर सोमबार बिहान अन्दाजी ७ बजेतिर प्रहरीले पाएपछि प्रहर िअधिकृतसहितको टोली खटिएर घटनाको अनुसन्धान थालेको थियो ।

असार महिनामै जिल्लामा अन्य २ जनाले पनि आत्महत्या गरेको प्रहरी रिपोर्टमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 428 times, 1 visits today)

epaper

ताजा समाचार

धमिलो मुुहानबाट सफा पानीको अपेक्षा