तनहुँमा क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

दमौली । तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका एक वृद्धको आज मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् । भारतबाट आएर पाँच दिन पहिला क्वारेन्टिनमा बसेका उनको बिरामी भएपछि उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

मृतकको शव गण्डकी अस्पतालमा राखिएको र स्वाब सङ्कलन गरी कोरोना परीक्षणको तयारी भइरहेको छ । मृतक श्रेष्ठ सुगर, प्रेसर र प्यारालाइसिसको बिरामी रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

epaper

ताजा समाचार

धमिलो मुुहानबाट सफा पानीको अपेक्षा