मनमायाको हत्या आरोपमा श्रीमान् र नन्द पक्राउ

सांकेतिक तस्वीर

खाँदबारी । सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ मुलगाँउ ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । धर्मदेवी–९ मुलगाउँकी मनमाया जिमी हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान रुद्रबहादुर जिमी र नन्दकुमारी जिमीलाई प्रहरीले नियन्त्रणमा लिएको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए ।

घरबाट घाँस काट्न गएकी मनमाया भोलिपल्टसम्म नआएपछि स्थानीय र प्रहरीले खोजी गर्दा मुलगाउँ नजिकैको जङ्गलमा शव फेला परेको प्रहरीको भनाइ छ । मनमायाको हत्या आरोप लागेका श्रीमान् रुद्रले नै प्रहरी खबर गरेको प्रहरी कार्यालयका सूचना अधिकारी राईले बताए ।

मुलगाउँ नजिकैको जङ्गलमा मनमायाको शवलाई धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका मनमायाका श्रीमान् र नन्दकुमारीलाई २५ गते नै नियन्त्रण लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राई जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ