विष्ट, वैद्य र सिंहको राजीनामा

काठमाडौं । तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्ट र संगीना वैद्यले नेपाल तेक्वान्दो संघबाट तथा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले राखेपको प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ता तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजीनामा दिएको विष्टले जानकारी गराए । दुवै जना राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा तेक्वान्दो प्रशिक्षकका रूपमा कार्यरत छन् ।

राखेपअन्तर्गत नै फुटबल सहायक प्रशिक्षक सिंहले भने सहायक प्रशिक्षकबाट राजिनामा दिएका हुन् । तीनैले सम्बन्धित संघमा राजीनामा बुझाएको र त्यसको बोधार्थ राखेपलाई दिएका छन् । हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा राखेपका कर्मचारी कुनै पनि संघमा बस्न नपाउने प्रावधान भएकाले अधिकांशले संघबाट राजीनामा दिई रहेका छन् । यसअघि दोहोरो पलमा बसेका ३३ जना राखेपका कर्मचारी तथा प्रशिक्षकले सम्बन्धित संघबाट तथा प्रशिक्षक पदबाट राजीनामा दिइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

दुई हजार नौ सय तीन जना ट्राफिक प्रहरीको कारबाहीमा