घटना १२ वर्ष अघिको हो । पुरानो विश्वज्योती सिनेमा हलको बार्दलीमा थियौं हामी (१५ जना जति पत्रकार) । निर्माताको निम्तोमा सित्तैमा फिल्म हेर्न पुगेका । फिल्म लाग्ने दिन पहिलो शोमा दर्शकसंगै पत्रकारलाई पनि फिल्म देखाउने चलन थियो । छुट्टै प्रेस शो सिमित फिल्मले मात्रै गर्थे ।
राजेश हमालसहित अन्य दुई नायकले अभिनय गरेको फिल्म हेर्न पुगेका थियौं हामी । निर्माताले ‘मल्टिस्टार फिल्म’ भनेर अथ्र्याएका थिए । फिल्म सुरु हुन १५ मिनेट बाँकी थियो । टिकट काउन्टर अगाडी दर्शकको भिड सुरु भयो । काउन्टरमा टिकट बिक्रीको हालखबर बुझ्दै गरेका निर्माता सोचे अनुरुप टिकट बिक्री नभएकोमा खिन्न थिए । अझै समय बाँकी छ दर्शक आउँछन् भन्नेमा आशावादी पनि । कालो चश्मा लगाएर बार्दलीमा बसेर हल प्रवेशका लागि झुम्मिएका दर्शकलाई नियाल्ने क्रम जारी थियो । सिनेमा हलप्रवेश गर्ने मुख्य ढोका (ग्रिल) मा ताल्चा लगाइएको थियो । मैले निर्मातालाई सोधेँ, ‘पहिलो शो हो हलमा दर्शक छैनन् किन यो गेटमा भिड लगाएको ग्रील खोलिदिए त आफ्नो सिटमा गएर बस्छन् नि ?’
‘तपाईंलाई थाहै रहेनछ । यो त पब्लिसिटीका लागि हो अहिल्यै दर्शकलाई भित्र छिर्न दियो भने त बर्बाद भैहाल्छ नि ।’ गेटमा दर्शकलाई रोक्नुको कारण’bout उनले यसरी प्रष्ट्याए ।
जो निर्देशक बन्दा राजेश हमाल आएकै थिएनन् ती अहिले पनि सक्रिय छन् । जसले हमालको जगजगी भएको बेलामा पनि दोस्रो व्यक्तिलाई नायक बनाएर फिल्म निर्देशन गरे ती पनि सक्रिय छन् । जसले हमाललाई कुरेर उनैलाई मुख्य भुमिका दिएर निर्देशक भए ती त अहिले विस्थापित भैसके
सिनेमा सुरु हुने टाइम नजिकिँदै गएपछि हातमा टिकट लिएका दर्शकहरु त्यही ग्रिल वरिपरि जम्मा भए । त्यही भिडलाई निर्माताले विभिन्न एङ्गल बाट ह्याण्डीक्याम क्यामेराले खिचे । विभिन्न टेलिभिजन च्यानबाट प्रसारित फिल्मसंग सम्बन्धित कार्यक्रम मार्फत त्यही भिडसहितको सन्देश प्रवाह गर्ने चलन थियो ‘फलानो फिल्ममा दर्शकको बबाल भिड, फिल्म सफल ।’
अहिले त यति दिनमा यति करोड कलेक्सन भन्ने चलन आएको छ । उतीबेला भिड ब्यापक भन्दै फिल्म हेरेर हलबाट निस्कँदै गरेका दर्शकको प्रतिक्रिया समेत लिने चलन थियो । दर्शकलाई थाहा थियो राम्रो छैन भन्यो भने टेलिभिजनबाट आफ्नो अनुहार देखिँदैन । दर्शकले भन्ने गर्थै ‘फिल्म बबाल लाग्यो ।’
यी निर्माताले पनि सबै रित पुरा गरे । मिडियामा फिल्म बबाल हिट भएको सन्देश प्रवाह भैरह्यो हप्ताभरि । फिल्म हलबाट उत्रेपछिको भेटमा तिनै निर्माताले भने, ‘अब नेपाली फिल्म चल्न छाडेछ । इन्डष्ट्री गयो ।’ खासमा नेपाली फिल्म चल्न छाडेको होइन उनको फिल्म चाहिँ नचलेको हो । त्यसपछि हलमा लागेका फिल्महरुमध्ये राम्रा चले, खराब चलेनन् । अहिले पनि यहि परम्परा कायम छ । निर्माताहरुमा अहिले पनि त्यो समस्या भने छँदैछ ।

‘सिनेमा गज्जब छ’ भन्ने सन्देश प्रवाह गर्दा गर्दै पनि राजेश हमाल अभिनित फिल्म नचलेको पहिलो होइन । राजेश हमाल अभिनित त्यस्ता दर्जनौ फिल्म छन् जुन फिल्मलाई दर्शकले मन पराएनन् ।
अहिलेको माहोलमा राजेश हमालको फिल्म चलेन भन्नु भनेको ‘महामुर्ख’ हुनु हो । मलाई यो पनि थाहा छ । अहिले राजेश हमालको आलोचना गर्नेहरुको उछित्तो काढ्ने चलन छ । म यी सब गाली गलौज सहनका लागि मानसिक रुपमा तयार छु । राजेश हमालको टाउको मात्रै राखेपनि फिल्म चल्छ भन्ने भ्रममा फिल्म बनाएर पोष्टर टाँसेको पैसा समेत उठाउन नसकेका केही निर्माता’bout म जानकार छु ।
‘राजेश हमाल महानायक’ सामाजिक सञ्जालमा तातेको बहस यहि हो । एक टेलिभिजन कार्यक्रममा निर्देशक दिपाश्री निरौलाले उहाँ अहिले हुनुहुन्छ र ? भनेर ब्यङ्ग्यात्मक प्रश्न गरेपछि सामाजिक सञ्जालमा सक्रिय ‘विद्वानहरु’ दिपाश्रीको उछित्तो काढ्नमा ब्यस्त छन् । राजेश हमालको देवत्वकरणसंगै दिपाश्रीको उछित्तो काढने क्रम दुई सातासम्म पनि जारी छ ।
सिमित मिडियामा सहभागीता जनाउने अभिनेता हमालले यसपाली भने केही मिडियालाई समय दिएर आफु ‘महानायक’ नै भएको स्वीकारे । उनले यो पनि भने, ‘यदि मैले चाहेको भए गोली सिसाको भन्ने गितमा दिपाश्रीले मसंगै नाच्ने अवसर नपाउन पनि सक्थिन् ।’
महानायकको आधार’bout प्रष्ट पार्दै उनले भनेका छन्,ण् ‘म नेपाली फिल्ममा आएपछि फिल्म क्षेत्रमा एउटा माहोल बन्यो । फिल्मको संख्या धेरै भयो । प्राविधिकहरुले काम पाए । लामो समय सहायक निर्देशक भएर काम गरेकाहरुले निर्देशक बन्ने अवसर पाए ।’ यस्ता अरु धेरै उपलब्धि भएको कुरा गरेका छन् ।
उनी राम्रो अंग्रेजी बोल्छन्, । फुर्सदको समय अन्य फिल्मकर्मीले झैं बेतुकको गफ गरेर बस्दैनन् । पुस्तक सधैँ उनको साथमा हुन्छ । अनावश्यक गफ दिन्नन्, हमालबाट सिक्नुपर्ने कुरा यहि हो । पछिल्लो समय चल्तीमा रहेका नायक दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, खगेन्द्र लामिछाने, अनुप बिक्रम शाही, रबिन्द्र झालगायतले अर्को पनि कुरा सिके ‘राजेश हमालले जस्तै अभिनय गरेर चाहीँ हुने रहेनछ ’
हमालको आगमनपछि नेपालमा फिल्म निर्माणको संख्या बढेको हो । यसमा शंकै छैन । अर्को के पनि बिर्सन हुन्न भने त्यो समयमा फिल्म उद्योगमा प्रवेश गरे जतिबेला नेपालमा आर्थिक उदारीकरण सुरु भएको थियो । जब २०४६ सालमा बहुदलिय प्रजातन्त्र पूर्नस्थापित भयो । त्यसपछि सुरु भएको आर्थिक उदारीकरणको प्रभाव निजी क्षेत्रमा पा-यो र निजी क्षेत्रको विकास भयो । हमालको अभिनययात्रा २०४८ सालमा सुरु भएको थियो । त्यसपछि भएको निजी क्षेत्रको विकासक्रम हेर्ने हो भने फिल्म क्षेत्र एककदम पछाडी नै रहेको विभिन्न आर्थिक सुचकहरुले प्रष्ट पार्छ ।
निजी विद्यालय, निजी अस्पताल, निजी कलेज, निजी एयरलाइन्स, शहरमा विभिन्न ब्राण्डका रेष्टुरेन्ट, खाद्यस्टोर, उद्योग प्रतिष्ठान कति खुले कति । नेपाली सिनेमा क्षेत्रमा पनि यहि प्रभाव गरेको हो । यदि राजेश हमाल नआएको भएपनि ०४६ पछि त्यति नै संख्यामा फिल्म निर्माण हुन्थ्यो । भुवन केसी, शिब श्रेष्ठ, अर्जुनजंग शाही, सरोज खनाल, रबिन्द्र खड्का लगायतका नायक राजेश हमाल आउनु अघि पनि सक्रिय थिए । यदि हमाल नआएको भए यिनको व्यस्तता अलि बढी हुने थियो ।
हमालले अर्को पनि कुरा गरेका छन्, ‘म आएपछि धेरै सहायकहरु निर्देशक भए । प्राविधिकले काम पाए ।’ उनले भनेको कुरा सहि हो । हमाललाई नायक लिएर केही सहायकहरुले निर्देशनमा डेब्यु गरे । त्यसरी डेब्यु गरेका निर्देशक अहिले कहाँ छन् ?
जो निर्देशक बन्दा राजेश हमाल आएकै थिएनन् ती अहिले पनि सक्रिय छन् । जसले हमालको जगजगी भएको बेलामा पनि दोस्रो व्यक्तिलाई नायक बनाएर फिल्म निर्देशन गरे ती पनि सक्रिय छन् । कतिपयले हमाललाई वास्तै गरेनन् ती पनि सक्रिय छन् । जसले हमाललाई कुरेर उनैलाई मुख्य भुमिका दिएर निर्देशक भए ती त अहिले विस्थापित भैसके । (सामाजिक प्रतिष्ठाका कारण नाम उल्लेख गरिनँ) । यहि मेसोमा केही निर्माता यसरी प्रकट भए । सामाजिक सञ्जालमा घरको फोटो राख्दै लेखेका छन्, ‘यदि राजेश हमाल नभएको भए काठमाडौंमा मेरो यो घर हुने थिएन ।’ यदि कुनै फिल्म निर्माताको काठमाडौंमा घर बन्नुलाई हमालको योगदानको रुपमा बुझ्ने हो भने हमाललाई राखेपछि फिल्म बनाएर मालामाल भइन्छ भन्दै लगानी गरेका र फिल्म नचलेपछि घरबार बेचेर हिँडेकाहरुलाई सम्झिन पर्छ कि पर्दैन ।
अब एकछिन कुरा गरौं दिपाश्री निरौलाको । जसलाई अहिले सामाजिक सञ्जालमा सक्रिय ‘विद्वान’हरुले अभियुक्तका रुपमा प्रस्तुत गरेका छन् । निर्देशनको दुनियामा क्रान्ति गर्ने पहिलो महिला निर्देशक हुन् दिपाश्री । उनको निर्देशनमा अहिलेसम्म तीन फिल्म रिलिज भएको छ छक्का पञ्जा, छक्का पञ्जा–२ र छक्का पञ्जा–३ । ती फिल्मले क्रमश १६, १४ र २० करोड व्यापार गरेको छ । अहिलेसम्म बनेका नेपाली फिल्ममध्ये सर्वाधिक व्यापार गर्ने फिल्म यिनै हुन् । अहिले दिपाश्रीलाइ गाली गर्नेमा केही फिल्मकर्मी पनि छन् । उनीहरुलाइ हमालकाे क्रेजकाे ’boutमा भन्दा पनि दिपाश्रीकाे फिल्मले सर्वाधिक कमाइ गरेकाेमा कुण्ठा छ ।
र अन्त्यमा
राजेश हमालको नेपाली फिल्ममा योगदान छ म मान्छु । हमालले दुई दशक नेपाली चलचित्र उद्योगलाई भकारीमा नाम्लो लाएरै बोके । पत्रकार बिजयकुमार पाण्डेले ‘दिशा निर्देश’ कार्यक्रममा अन्तरर्वार्ताको क्रममा हमालालाई एउटा प्रश्न गरे तपाईंले अभिनय गरेका मध्ये तीनवटा फिल्मको नाम लिनु पर्दा ? तर, हमालले आफैंले अभिनय गरेका तीन फिल्मको नाम भन्न सकेनन् र धेरै छ भनेर टारे । तीनसय बढी फिल्म खेलेका अभिनेताले उत्कृष्ठ तीन फिल्मका नाम लिन सक्दैनन् भने महानायकको पगरी उनकै लागि भारी भएको त होइन ।
उनी राम्रो अंग्रेजी बोल्छन्, । फुर्सदको समय अन्य फिल्मकर्मीले झैं बेतुकको गफ गरेर बस्दैनन् । पुस्तक सधैँ उनको साथमा हुन्छ । अनावश्यक गफ दिन्नन्, हमालबाट सिक्नुपर्ने कुरा यहि हो । पछिल्लो समय चल्तीमा रहेका नायक दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, खगेन्द्र लामिछाने, अनुप बिक्रम शाही, रबिन्द्र झालगायतले अर्को पनि कुरा सिके ‘राजेश हमालले जस्तै अभिनय गरेर चाहीँ हुने रहेनछ ।’






