बैतडीका बिभिन्न ठाउँमा सलह किरा देखिए

फाइल तस्वीर

बैतडी । बैतडीका विभिन्न ठाउँमा सलहको झुण्ड पुगेको छ । डडेल्धुरा हुँदा बैतडीको मेलौली नगरपालिकाका विभिन्न स्थान र पाटन नगरपालिकाका विभिन्न स्थानमा सलह झुण्ड देखिएका स्थानीयहरुले बताएका छन् । मेलौलीको वडा नं १ नंगरौंमा सलहको झुण्ड देखिएपनि बारीमा भने बस्न नपाएको स्थानीय लक्ष्मण पार्कीले जानकारी दिए । सलहको झुण्ड देखिएपछि किसानहरु चिन्तित बनेका छन् ।

यस्तै मेलौली नगरपालिकाको स्वापानी, दोबटा लगायतका ठाउँमा सलहको झुण्ड देखिएको मेलौली नगरपालिका वडा नं २ का वडा अध्यक्ष महेन्द्रबहादुर चन्दले जानकारी दिए । सलहको झुण्ड अहिले जंगलमा भएपनि बारीमा पस्ने भन्दै किसानहरु चिन्तित बनेका उनले बताए ।

यस्तै पाटन नगरपालिकाको वडा नं १मा पनि सलहको झुण्ड देखिएको स्थानीय मोहनसिंह रावलले जानकारी दिए । सलहको झुण्ड आकाशै उडीरहेको खेतबारीमा भने नबसेको उनले बताए । जिल्लाका विभिन्न स्थानमा सलह देखिएपछि किसानहरु चिन्तित बनेका छन् । यस्तै पाटन नगरपालिका वडा नं ७ का विभिन्न स्थानमा पनि सलह किराको झुण्ड देखिएको भुवनेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक देवराज भट्टले जानकारी दिए ।

यसैगरी सुर्नया गाउँपालिकाको वडा नं ७ र ८ मा पनि सलह किरा देखा परेको स्थानीय दलबहादुर मडैले जानकारी दिए । जिल्लाको सिगास गाउँपालिका १ र पाटन नगरापािलका १ मा पनि सलह किरा हजारौँको संख्यामा आएको पाटन १ का स्थानिय सुरेश लावडले बताए ।

यस्तै सुर्नया गाउँपालिकाको वडा नं ६ मा पनि सलह किरा देखा परेका स्थानीय हरिदत्त अवस्थीले जानकारी दिए । किसानहरुले खेतखेतमा आगो बालेर, थाल बजाएर धपाईरहेको समेत उनले बताए । जिल्लामा सलह भित्रिएको ’boutमा जिल्लाका बिभिन्न ठाउँबाट जानकारी आइरहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । आफूहरुलाई सलह भित्रिएको ’boutमा जानकारी नभएको तर सलह आइहालेमा थाल, बाजा बजाएर धपाउन उनले किसानहरुलाई आग्रह गरे ।

बैतडीमा दोश्रो पटक सलह देखा परेको हो । यो भन्दा पहिला कमै सलह देखिएपनि यो पटक भने सलहको झुण्ड आएको स्थानीयहरुले बताएका छन् । यो बर्ष मकैबालीमा फेदकटुवा र फौंजी किराले सखाप पारेको र त्यसमा सलह समेत भित्रिएपछि मकै उत्पादनमा कमी आउने देखिएको छ । बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन