बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

सांकेतिक तस्वीर

सिन्धुली । १५ वर्षीय बहिनी नाता पर्ने बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलन्जोर गाँउपालिका–७ का ४५ वर्षीय व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

शनिबार गोलञ्जोरको खुर्कोटमा रहेको सुनकोशी मेडिकलमा स्वास्थ्य परिक्षण गर्दा बालिका गर्भवती भएको खुलेको पीडितलाई सोधपुछ गर्दा बलात्कृत भएको थाहा भएपछि पीडित परिवारले प्रहरीलाई मौखिक उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलका अनुसार अनुसार २०७६ माघ महिनामा बालिका बलात्कारमा परेको र पीडकको डर धम्कीका कारण पीडितले भन्न नसकेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

आरोपी व्यक्तिलाई कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेबाँसको होटलबाट पक्राउ गरिएको सिग्देलले बताइन् । पीडित बालिकाको सोमबार नै जिल्ला अस्पताल सिन्धुलीमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्रमा स्वास्थ्य परिक्षण तथा मनोसामाजिक परामर्श दिइएको छ ।

पीडित र पीडक नाताले दाजु बहिनी पर्ने बालिकाका काकाले बताएका छन् । उनले बालिका गर्भवति भएको शंका लागेपछि स्वास्थ्य जाँच गरिएको र गर्भवति भएको पुष्टि भएपछि प्रहरीमा उजुरी दिएको बताए । उनीहरुले सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लिखित उजुरी दिएका हुन् । पीडक होटल व्यवसायी तथा नेकपाका कार्यकर्ता समेत हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो