यस वर्ष मनसुनी हावाको प्रभाव बढ्दै जाँदा तीन दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाको पानीले तटवर्ती बस्ती तथा मैदानी भागहरू डुबानमा परेका छन् । नदी किनाराका जमिन तथा बस्तीहरू निरन्तर कटानमा परिरहेका छन् । पहाडका बस्तीहरू पहिरोले पुरिने र च्यापिने क्रम बढ्दै गएको छ । सिंगो देशको आवतजावत निकै प्रभावित भइरहेको छ । सडक सञ्जाल जलमग्न भएको छ । काठे, झोलुंगे तथा पक्की पुलहरू बगाइएका छन् । खाद्यान्न आपूर्तिका मार्गहरू बन्द हुन जाँदा अनिकालले सताउने अवस्था सिर्जना हुन पुगेको छ । त्यसो त कोरोनाको महामारीले निम्त्याएको समस्या पनि समाधान हुन बाँकी नै छन् । यस्तो अवस्थामा हरेक वर्ष अनिवार्य रूपमा नेपालीमाझ आइलाग्ने प्राकृतिक प्रकोप पनि केही भीषण र अजीर्ण हुनेगरी आइपुगेको छ । मनसुनी वर्षासँगै बाढीपहिरो कहाँ आउँछ भन्ने’boutमा राज्य जानकार नभएको होइन तर कहाँ र कस्तो अवस्थामा कति ठूलो क्षति र बेथिति निम्त्याउँछ भन्ने कुरा अुमानभन्दा अर्को हुन सक्दैन पनि । त्यसैले, गरिएका सम्भावित तयारी प्रकोपग्रस्त क्षेत्रमा पु¥याउन समय लागेको देखिन्छ ।

प्राकृतिक प्रकोपबाट प्राथमिकतामा बच्ने र बचाउने भनेको मानव बस्ती नै हो । त्यसपछि श्रीसम्पत्ति र भौतिक पूर्वाधारका कुराहरू आउँछन् । श्रीसम्पत्ति र भौतिक पूर्वाधार मानिसले निर्माण गरेका कुरा भएकाले मानव रक्षा प्रथम दायित्व हुन्छ । यसकारण पानीले जलमग्न भएका तराईका विभिन्न ठाउँमा राहत सामग्री तुरन्त पु¥याउन सरकारले आकस्मिक सेवा प्रदायक टिम गठन गरेर कामलाई गति दिन ढिलाइ गर्नुहुँदैन । कतिपय ठाउँमा राहतभन्दा पनि उद्धारका काम पहिले गरिनुपर्ने कुरालाई ख्याल गरिनुपर्छ । ज्यान बचेपछि खाना र नानाको कुरा आउँछ । यसका लागि संघीय सरकारले स्थानीय सरकारको भरपूर सूचना र सहयोग लिनु जरुरी छ । तीनवटै सरकारबीचको आपसी समन्वय र सहकार्यबाट मात्रै राहत र उद्धारलाई प्रभावकारी बनाउन सकिन्छ ।

देशमा चारैतिर बाढी, पहिरो, नदी कटान र डुबानका साथै जनधनका क्षति भइरहेकाले सरकारका विभिन्न अंग यसैमा व्यस्त भइरहेका छन् । पानीले निकास नपाउँदा तराईका गाउँहरू डुबानमा परिसकेका छन् । गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, गौर, इश्नाथलगायत धेरै नगरपालिकाका बस्तीमा पानी पसेकाले शीघ्रातिशीघ्र उद्धारको व्यवस्था गरिनु जरुरी भएको छ । स्थानीय बासिन्दाले हारगुहार गरिरहेका छन् । तर, स्थानीय सरकारसँग उद्धारका लागि प्रयोगमा ल्याउन आवश्यक सामग्री उपलब्ध छैनन् । यसका लागि संघीय सरकारले पहलकदमी लिनु जरुरी हुन आएको छ । त्यसैगरी, अन्य जिल्लाका केही नदीमा पानीको बहाव खतराको लेबल काटेर माथि आइसकेको छ । कुन बेला नदी कहाँबाट बस्तीभित्र पस्ने हो थाहा छैन । पोहोर साल वर्षाको बेला तराईका जिल्लाहरूमा भएको अत्यधिक डुबानका कारण अहिले त्यहाँका जनता निकै त्रस्त छन् । त्यसैले, ती जनताको उद्धार र राहतका लागि संघीय सरकार नै अग्रसर भएर जनताको रक्षा र बचाउ गर्नुपर्ने बेला आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा