इलाममा क्वारेन्टाइनमा खटेका सेनाका जवानमा कोरोना संक्रमण

इलाम । इलाममा मंगलबार दुई जनामा कोरोना संक्रमण देखिएको छ । इलाम नगरपालिकाको क्वारेन्टाइनको सूरक्षाका लागि खटिएका नेपाली सेनाका जवान र सरसफाईमा कार्यरत कर्मचारी गरी दुईजनामा पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले बताइन् ।

इलाम नगरपालिकाको क्वारेन्टाइनमा खटिएका ३३ र ३७ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय इलामका फोकल पर्सन विमल बरालले बताए । ४० जनाको पीसिआर परिक्षण गरिएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । यसअघि पनि नेपालि सेनाका ए जवानमा पोजेटिभ देखिएपछि यस क्वारेन्टाइनलाई सिल गरीएको थियो । उनीहरुको साउन २ गते स्वाब संकलन गरिएको थियो ।

२ जना थपिएसंगै संक्रमितको संख्या २६ पुगेको छ । संक्रमित मध्ये २२ जना पुरुष र ४ जना महिला रहेका छन् । संक्रमित दुवै जनालाई मोरङको गोठगाउँस्थित आइसोलेसनमा लागिने भएको छ । इलाममा संक्रमित १२ जना निको भएर घर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ