संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोबाट १०४ घर विस्थापित भएका छन् । पहिरोका कारण –१ सिसुवामा पहिरोका कारण १०४ घर विस्थापित भएका छन् । पहिरोको उच्च जोखिम भएपछि सिलिचोङ –१ को बेसिन्दा, चेप्चेवालगायत गाउँका १०४ घर परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले बताए । बेसिन्दालगायतका गाउँहरु कुनै पनि बेला पहिरोले तान्न सक्ने खतरा भएपछि सुरक्षित स्थानमा सारिएको हो ।
पहिरोका कारण सिसुवा, बेसिन्दा, चेप्चेवा गाउँनै पहिरोले जमिन चिरा–चिरा भएर फाटेको छ । गत असार २८ गते आएको पहिरोले सिलिचोङ गाउँपालिका–१ को बेसिन्दाका ९ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । पहिरोबाट विस्थापित भएका बेसिन्दाका ५७ घरलाई बेसिन्दा भन्दा माथिको चित्रे डाडाँमा अस्थायी बास निर्माण गरी राखिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । त्यस्तै गरी २९ घर परिवारलाई सिसुवाको बुध’bout बजारमा राखिएको छ । चेप्चेवाका १८ घर परिवारलाई बुध’bout नजिकैको पौखमटार राखिएको प्रजिअ आचार्यले बताए । सिलिचोङ पहिरोबाट विस्तापित भएका घर परिवारलाई सुरक्षाकर्मीले अस्थायी बास निर्माण गरी राखिएको छ । पहिरोमा चार जनाको जीवितै उद्धार गरिएको थियो, पहिरोले नौ घर बगाएको छ । पहिरोले एक दशकअघि ताम्कुको सिकदिममा ११ जना बेपत्ता भएका थिए ।
बेपत्ता भएको ८ दिन बित्दासमेत उनीहरु फेला नपरेपछि उद्धारका लागि सदरमुकाम खाँदबारीबाट गएको ६० जनाको टोली फर्किएको हो । गएको असार २८ गते गएको पहिरोबाट ११ जना अझै बेपत्ता छन् । सुरक्षाकर्मीको टोलीले एक हप्तासम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि सुरक्षाकर्मीको टोली फर्किएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले जानकारी दिए । एक सातासम्म खोजी गर्दासमेत कोही फेला नपरेपछि बुद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनको संयुक्त निर्णयपछि जिल्लाका सुरक्षाकर्मीको टोली फर्काइएको हो । बेपत्ताको खोजीका लागि गएको नेपाल प्रहरी १५, सशस्त्र प्रहरी १५ र बराह दल गुल्मका ३० जना गरी कुल ६० जनाको सुरक्षाकर्मीको टोली सदरमुकाम फर्किएको हो । पहिरोमा बेपत्ता भएकाहरुको खोजीमा अहिले पनि जारी राखिएको छ ।






