भैँसी बचाउन जाँदा पहिरोमा पुरिएर धादिङमा एकको मृत्यु

सांकेतिक तस्वीर

धादिङ । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गएराती एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोले पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

रातीको समयमा गोठमाथीबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा गोठमा पहिरोले थिचेर पन्थको ज्यान गएको हो । पहिरोले पुरेर एउटा भैँसी, एउटा बाख्रासमेत मरेको स्थानीय हरि थापाले बताए । योसहित जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना