इलामको माइखोलामा शुक्रबार विहान फेला परेको वेवारिसे शवको सनाखत भएको छ । इलाम नगरपालिका ८ स्थित माईखोलामा फेला परेको सो बेवारिसे शव ईलाम नगरपालिका ५ का ३० वर्षीय सुमन खत्रीको भएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए । शुक्रबार विहान करिब साढे १० बजे माईखोला नामसालिङ जाने पक्की पुल नजिक खोलामा शव फेला परेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)






