संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा १३ बर्षीय बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने पक्राउ परेका छन् । बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरको साल्पासिच्छो गाउँपालिका घर भएका २० बर्षीय रोसन राईलाई पक्राउ गरेको छ ।
भोजपुरका राईलाई प्रहरीले खाँदबारीबाट साउन ८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए ।
१३ बर्षीया बालिकालाई राईले डरत्रास देखाउदै मोवाईल फोन समेत खोसेर सम्पर्क विहिन बनाएर आफ्नो कब्जामा लिएर बलात्कार गरेको उजुरी परेपछि परेको थियो । २० बर्षीय राईले बिभिन्न स्थानमा बन्धक बनाई पटक पटक बलात्कार गरेको पीडितका आफन्तको भनाइ छ ।
बलात्कार गर्ने राईलाई जिल्ला अदालत चैनपुरबाट साउन ९ गते अपहरण गरी शरीर बन्धक बनाएर जबरजस्ती करणी गरेको मुद्धामा दिन ५ को म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पिडीतको स्वास्थ्य परिक्षण साउन ९ गते जिल्ला अस्पताल खाँदबारी गरिएको जिल्ला अस्पतालले जनाएको छ ।
पाँचखपनमा गाई काट्ने दुई जना पक्राउ
संखुवासभाको पाँचखपन नगरपालिका–४ मा गाई काट्ने दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–४ का मनोज मगर र शान्ति तामाङ रहेका छन् । उनीहरुले पाँचखपन नगरपालिका–४ को जुकेधारा भन्ने जंगलमा गाई काटेको खुलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । गाई काट्ने दुबै जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






