बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका युवकमा कोरोना पुष्टि भएको छ । अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार आफन्त कहाँ आएका ४३ वर्षीय राम बहादुर सावदले आइतबार राति ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका थिए ।
उनीमा कोरोना पुष्टि भएपछि सोमबार साझ नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्ने कार्यमा जुटेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।
क्वारेन्टाइन पछाडीको रूखमा आफुले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेका थिए ।
युवक करिव दश दिन अघि भारतको राजस्थानबाट हिडेका युवक महेन्द्रनगरहुँदै ठाकुरबाबामा आफन्तकोमा आएका थिए । आफन्तले क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ५ दिन अघि क्वारेन्टाइनमा लगेको थियो
तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)






