एसपीसहित १८ प्रहरी कर्मचारीमा कोरोना

पोखरा । स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सहित १८ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनीहरु सबै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत हुन् । तीमध्ये २६ वर्षीया एक महिला छन् ।

पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परीक्षणमा सोमबार उनीहरुमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गत ६ साउनमा हवल्दार र १ जना सिपाहीमा कोरोना पुष्टि भएपछि कार्यालयमा कार्यरत सबै ९८ सहित १ सय २ जनाको स्वाब संकलन गरी पोखरामा परीक्षण गरिएकोमा १८ जनामा कोरोना देखिएको हो । तीमध्ये अझै ८४ जनाको रिपोर्ट आउन बाँकी छ । संक्रमित पुरुष प्रहरी कर्मचारीहरुमा वर्ष २७ देखि ४६ सम्मका रहेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

जिल्ला प्रहरी प्रमुख एसपी बिमलराज कँडेल हुन् । उनी आफ्नै क्वार्टरमा आइसोलेसन बस्न थालिसकेका छन् भने बाँकी १७ जनालाई भीरकोट १, हेलुस्थित कालिका सामुदायिक अस्पतालमा लैजाने तयारी गरिएको छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीका अनुसार सेवामा खटिने क्रममा कहाँ कसरी कोरोना पुष्टि भयो भन्ने’bout यकिन भन्न सकिएको छैन । सबैको साउन ७ मा स्वाब संकलन गरी पोखरा पठाइएको थियो । जिल्ला प्रहरी कार्यालयमा प्रहरी कर्मचारी हाल ९८ जना कार्यरत छन् । बाँकी ४ जना थुनुवा हुन् ।

गत साता जिल्लामा कार्यरत ३ जनामा कोरोना देखिएपछि कार्यालय नै सिल गरी सुरक्षा व्यवस्था अपनाइएको थियो । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कार्यालय प्रमुखसहित २१ प्रहरीमा कोरोना देखिएपछि पुतलीबजारमा कडाइ गरिएको जानकारी दिए । उनले पहिलो चरणमा प्रहरी प्रमुखदेखि जवानसम्मको स्वाब लिइएको र सम्पर्कमा आएकाको खोजी सुरु गरिएको बताए ।

स्याङ्जामा हालसम्म कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ । तीमध्ये १८८ निको भइ घर फर्केका छन् । २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गण्डकी प्रदेशमा भने कुल संक्रमित संख्या करिब करिब १४ सय पुगिसकेको छ ।
यसैगरी प्रदेशमा गएको २४ घण्टामा २२ जना नयाँ संक्रमित थपसँगै कुल संक्रमित संख्या १ हजार ३ सय ९९ पुगेको हो ।
गएको २४ घण्टामा कास्कीको रुपा गाउँपालिकाका ४२ वर्षे पुरुष, माछापुच्छे गाउँपालिकाका ३० वर्षे पुरुष, लमजुङको मध्यनेपाल नगरपालिकाका ३१ वर्षे र दूधपोखरीका २३ वर्षे पुरुषमा कोरोना भाइरस देखिएको छ ।

चिकित्सकमा कोरोना

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकमा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कास्कीका स्वास्थ्य अधिकृत बाबुराम आचार्यले सो कुराको पुष्टि गरेका हुन् ।

आचार्यका अनुसार ती चिकित्सकको २ दिन अघि स्वाब संकलन गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा पठाइएकोमा सोमबार रिपोर्ट पोजेटिभ आएको हो । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

अस्पतालको मेडिकल वार्डमा कार्यरत ती चिकित्सक कलेजमा एमडी पहिलो वर्षका विद्यार्थी समेत हुन् । अस्पतालको आवासमा बस्ने उनी यसअघि मणिपालमा उपचारका लागि पुगेकी चिनियाँ युवतीको उपचारमा संलग्न रहेको बुझिएको छ । ती युवतीको काठमाडौंमा उपचारक्रममा मृत्यु भएको छ । नेपालमा मृत्यु हुने विदेशीमा उनी पहिलो हुन् ।

यता, मणिपालमा कार्यरत कोरोना संक्रमित ती चिकित्सकको सम्पर्कमा आएका मानिसहरुको पनि कन्ट्याक्ट टे«सिङ थालिएको छ । उनी रिपोर्ट नआउँदासम्म पनि अन्य बिरामीको उपचारमै संलग्न थिए ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम