३५ फिट जग्गा दान गर्दा ३५ रोपनी पास, ४ दशक बितेपनि फिर्ता आउने आश

आफ्नो गुमेको जमिन देखाउँदै इन्द्रबहादुर ढकाल

इलाम । चार दशक अघि पैंतीस फिट जग्गा दान गर्दा पञ्चायत कालमा जालसाझी भएर ३५ रोपनी जग्गा पास भयो । ३५ रोपनी जग्गाका धनी खडानन्द ढकालले आफूलाई झुक्याइएको पत्ते पाएनन् । खडानन्दको मृत्यु भइसक्यो । उनका परिवारले ३५ फिट जग्गा दान गर्दा ३५ रोपनी पास भएको भन्ने २०३९ मात्रै थाहा पाए ।

स्थानीय बुद्धिजीवी दिपक अधिकारी भन्छन्, ‘ढकाल परिवारको जमिन १९९० सालमै सरकारी अभिलेखमा कायम भएको छ । अदालतमा मिलापत्र हँुदा विवादित ३ रोपनी भित्रको ३५ फुट जमिन पञ्चकन्या मन्दिरलाई दान दिने सहमती भयो । तर लिखतमा ३५ रोपनी जमिन नै मन्दिरलाई दिएको लेखियो र सहिछाप गराइएछ ।’

सोझा खडानन्दले सहिछाप गरिदिए । उनलाई आफुलाई पञ्चायत प्रशासनले झुक्याएको थाहै भएन । खडानन्दको मृत्युपछि आमको नाममा आउँदा पनि ढकाल परिवारले थाहा पाएन । थाहा पाएपछि २०३९ सालदेखि उनीहरु आफुलाई परेको अन्यायको विरुद्धमा अदालतमा पुगे ।

उनी भन्छन्, ‘साहुको ऋण बुझाउन नसक्दा घरको न घाटको अबस्था भएको छ ।’ मुद्धाको फायल प्रधानमन्त्री ओलीको हातमा पुग्दा पनि काम भएको छैन प्रधानमन्त्री ओलीले म हेर्छु भन्दै फाइल जिम्मा लिएको उनी बताउँछन् ।

इलामको सुर्योदय नगरपालिका ११ का इन्द्र प्रसाद ढकाल (खडानन्द ढकालका छोरा) परिवारको पञ्चायत कालमा जालसाझी गरेर गुमेको जग्गा फिर्ता आउने आशमा चालीस बर्ष अदालतको ढोका कुरेरै बितिसक्यो । जग्गा फिर्ता हुने आशमा उनका आँखा सरकार र सत्ता तिर फर्किरहेका छन् । यतिका समयसम्म अदालतबाट न्याय नपाएका ढकाल अहिले तीन तहको नयाँ सरकारले काम गर्देला कि भन्ने आशमा दिन काटिरहेका छन् । स्थानीय सरकार आएपछि आशा बोकेका ढकालको यो पीडाको न्याय दिलाउन सहयोग गरेर लागिपरिरहेको थाहा पाएका उनी भन्छन्, ‘नगरपालिकाबाट त काम भएको छ ‘संघीय सरकार’ बाट के हुन्छ थाहा छैन ।’

यस विषयमा स्थानिय सरकारले निर्णय लेखेपनि संघिय सरकारसम्म पठाएको छैन । कहिले लकडाउन त कहिले के भनेर करिब ६ महिना अघि गरिएको निर्णय कार्यान्वयन नभएको नगरपालिकाले बताएको छ । न्याय दिलाउन लागेको भनिएको सूर्योदय नगरपालिकाले नगर सभाबाटै उनको विषय पारित गरेर संघिय सरकारमा पठाउने निर्णय गरेको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई बताउँछन् ।

उनी भन्छन् ‘नगरसभाले व्यक्तिको जग्गा सार्वजनीक भएको सम्बन्धमा गठित छानविन समितिका संयोजक प्रेम बहादुर तामाङले पेश गरेको प्रतिवेदन छलफलगरी सो विषयमा संघिय सरकार र मतहतका मन्त्रालयमा पत्रचार गर्ने । निर्णय नगरपालिकाले गरेको छ ।’ छानविन समितिले ढकाल परिवारको गुमेको ३५ रोपनीमध्ये ३० रोपनी व्यक्तिलाई फिर्ता गर्न सिफारिस गरेको छ ।

चालिस बर्षसम्म आफ्नो जग्गा फिर्ता आउने आशले मुद्धा गर्दा ढकाल परिवार थाप्लोमा ऋणबोकेर सुकुम्बासी जिवन बिताइरहेको छ । जग्गा फिर्ता आउने आशमा अदालतको ढोका कुरीरहेका ढकाल परिवार पछिल्लो पटक अदालतले मुद्धा खारेज गरिदिएपछि स्थानीय सरकारको शरणमा पुगेका हुन् । ढकाल भन्छन्, ‘सम्पतीका नाममा अब नेपालको नागरिकता मात्र बाँकी छ, स्थानीय सरकारको पहलले शझैपनि आशा पलाएको छ ।’ चार दशकमा न्यायका लागि दुई करोडको हाराहारी गुमाएको परिवारलाई पछिल्लो पटक सर्वोच्च अदालतले हराएपछि ढकाल परिवार गत बर्षदेखि स्थानीय सरकार र मन्त्री परिषदले केही गरिदेलाकी भन्ने आशमा पुगेको हो ।

२०३९ पुस १० गते जिल्ला अदालतमा मुद्धा दायर गरेपछि उनीहरु निरन्तर जग्गा प्राप्तिको लागी न्यायलय धाइरहेका छन् । पञ्चायतकालमा ३५ रोपनी भन्दा बढी जमिनका मालिक इन्द्र प्रसाद ढकालले मन्दिर निर्मायाका लागि ३५ फिट जग्गा दिने हुँदा जालझेल गरेर ३५ रोपनी पास गरिदिएपछि अहिले मेची राजमार्गको करफोकमा एउटा छाप्प्रोमा चटपटे बेचेर जिविको चलाइरहेका थिए । कोभिढ १९ को कारण चटपटे बेच्न समेत बन्द भएपछि उनी झन समस्यामा परेका छन् । उनी भन्छन्, ‘साहुको ऋण बुझाउन नसक्दा घरको न घाटको अबस्था भएको छ ।’ मुद्धाको फायल प्रधानमन्त्री ओलीको हातमा पुग्दा पनि काम भएको छैन

गत बर्ष ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुद्धाको फायल नै बुझाएर न्यायको माग गरेका थिए । प्रधानमन्त्री ओलीले म हेर्छु भन्दै फाइल जिम्मा लिएको उनी बताउँछन् । पहिले बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि भेट्न प्रयास गरेका ढकाल, बाबुराम भट्टराईलाई भेट्न दुई पटक काठमाडौँ पुगे तर उनको छेउमा पर्नै पाएनन् ।

बाबुराम पछि केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारका समयमा ओलीलाई भेटेर कुरा बुझाएपनि फाइल क्याविनेट नपुग्दै सरकार ढलेपछि उनको आशा फेरि मर्यो । ओलीपछि उनले शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा पनि काठमाडौं पुगे । काम शुरु हुनै लागेको थियो निर्वाचनको समय थियो, आचारसंहिता लाग्यो भनेर उनलाई घर फर्काए । घर फर्केका ढकाल पछिल्लो पटक प्रधानमन्त्री जिल्लामै आएको बेला दोस्रो पटक प्रधानमन्त्री ओलीलाई फाइल थमाएका थिए । लगानी सम्मेलनमा प्रधानमन्त्री इलाम आएको बेला दोस्रो पटक फाइल थमाएका हुन् ।

करिब दुई करोडको ३५ रोपनी जमिन देखाउँदै भने, ‘मुद्धा लडेर यस्तो दुई वटा जमिन सकियो ।’ ६२ बर्षिय ढकाल मुद्धा लडेर इलामको सुर्योदय ११ मा रहेको ३५ रोपनी र झापाको बुद्धशान्ति गाउँपालिकाको शान्ति नगरमा रहेको २ विगाहा जमिन अदालत धाउदा र कानुन व्यवसायीको शुल्क तिर्दैमा सकिएको बताउँछन् ।

ढकालकी श्रीमती तिलरुपा ढकाल भन्छिन, ‘स्थानीय सरकारले व्यवस्थापन गर्ने आश्वासन दिएको छ ।’ सूर्योदय नगरपालिकाले छानविन समितिले सुर्योदय नगरपालिका ५ का मन बहादुर क्षेत्रीको १० आना जग्गा तत्कालीन जिल्ला विकास समितिलाई गेष्टहाउस निर्माणका लागि पास गर्ने क्रममा १० रोपनी पास भएको भन्दै गेष्ठ हाउसलाई चाहिने ३ रोपनी जग्गा बाहेक ७ रोनी जग्गा फिर्ता गर्न सिफारिस गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ