भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मुत्यु, ३ जना घाइते

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

आमचोक– ३ को हागातुङ सडक खण्डमा बयाङबाट वालांखा तर्फ जादै गरेको १–०२–००३ त ५८८ नम्बरको टयाक्टर दुर्घटना हुँदा चालक २८ वर्षीय दिपक कुवँरको आइतबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते हुनेमा १४ वर्षीय नबहाङ राई, १६ वर्षीय विकास कुवँर र सह– चालक १८ वर्षीय नकुल राई रहेका छन् ।

उनीहरुको धरान स्थिति विपी कोराइराला स्वास्थ्य विज्ञान प्रतिठानमा धरानमा उपचार भइरहेको प्रहरीको भनाइ छ । ट्याक्टर अनियन्त्रित भई र सडकबाट तीन सय मिटर तल झरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ