कमलामाई र मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजित भर्चुअल समारोहमा कमलामाईका मेयर खड्ग खत्री र मेसानका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गर्दै दुई नगरबीच आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदानको प्रतिबद्धता व्यक्त गरे ।

समझदारीपत्रमा दुवै नगरवासीबीच आपसी भ्रमणलाई सक्रिय रूपमा वृद्धि गर्नुका साथै अर्थ–व्यवस्था, व्यापार, विज्ञान–प्रविधि, संस्कृति, पर्यटन, शिक्षा र साझा चासोका अन्य क्षेत्रहरूमा सहयोगलाई सुदृढ बनाउँदै लाने उल्लेख छ । सम्झौताअनुसार मेसान र कमलामाईका विदेश मामिला कार्यालयले दुई नगरबीच सम्पर्कको काम गर्नेछन् र तिनीहरू नै मैत्रीपूर्ण सहयोग आदानप्रदानसम्बद्ध मुद्दाका लागि जिम्मेवार रहनेछन् । सम्झौता अवधि पाँच वर्षका लागि भए पनि त्यसलाई निरन्तरता दिन चाहे नवीकरण गर्न सकिने भनिएको छ ।

हस्ताक्षर समारोहमा नेपालतर्फ संघीय सांसद गणेश पहाडी, प्रदेश सांसद विनोद खड्का, नेकपा केन्द्रीय सदस्य मनोजजंग थापा, पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्वराजदूत लीलामणि पौडेल, कमलामाईकी उपप्रमुख मञ्जु देवकोटा, नेपाली कांग्रेसका सिन्धुली सभापति उज्ज्वल बराललगायतको उपस्थिति थियो । चीनतर्फ चिनियाँ कम्युनिस्ट पार्टी मेसान सिटीका उपसचिव ह्युयाङ जिन्दोङसहित त्यहाँका अधिकारीहरूको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
(Visited 384 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले आज ३ ठाउँको सुकुम्बासी हटाउँदै