सर्लाहीमा ३२ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८ सय १० पुग्यो

सर्लाही । सर्लाहीमा कोरोना संक्रमितको संख्या ८ सय भन्दा बढि पुगेको छ । आज(शनिवार) एकै दिन ३२ जना नयाँ कोरोना संक्रमितहरु थपिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । शनिवार थपिएका ३२ जना कोरोना संक्रमित मध्ये अधिकांश मलंगवा नगरपालिकाका रहेको र केहि लालबन्दी नगरपालिका तथा ईश्वरपुर नगरपालिकाको रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । यो सँगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या ८ सय १० पुगेको छ ।

हिजो शुक्रवार मात्र मलंगवा नगरपालिकामा १ सय ३९ जना स्वाब संकलन भएको थियो । जसमध्ये मालपोत कार्यालयका कर्मचारी, विभिन्न बैक, व्यपारी, नगरपालिका कर्मचारी लगायतको व्यक्तिहरु स्वाब संकलन भए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु बाट रिपोर्ट आउन बाँकी रहेको नगर प्रमुख निरश्ल साहका स्वकीय सचिव गजेन्द्र साहले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते