मृतकका आफन्तद्धारा नारायणी अस्पतालमा तोडफोड

वीरगन्ज । नीजि अस्पतालहरुले विरामी भर्ना गर्न नमानेपछि स्थानीयले वीरगन्जको नारायणी अस्पतालमा तोडफोग गरेर आक्रोस पोखेका छन् । शनिबार उपचारको अभावमा वीरगन्ज २ छपकैयाकी २० बर्षीय महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् ।

वीरगन्जका आधा दर्जन नीजि अस्पतालमा घुमाउँदा घुमाउँदै शनिबार २० बर्षीया विष्णु लामाको मृत्यु भएपछि सोही ठाउँका स्थानीयले आइतबार नारायणी अस्पतालमा तोडफोड गरेका छन् । ‘मान्छे मार्ने डाक्टर चाहिएन ।’ भन्दै स्थानियले नारायणीमा सबै प्रकारका सुविधा चाहियो भन्दै कोरोनाका बिरामी जति सबै नीजिमा राख्ने प्रवन्ध गरियोस् भन्ने माग राखेका छन् ।

नेपाल सरकारले एकसाता अघि नारायणी अस्पताललाई पुनः कोभिड अस्पताल बनाउन भन्दै पत्र पठाएपछि स्थानीय निकै रुष्ट भएका छन् । नारायणीलाई कोभिड अस्पताल बनाएपछि नारायणीका बिरामीलाई नेशनल मेडिकल कलेजमा पठाउने सहमति भएको थियो । नेशनलले राम्रो उपचार नगरेकाले बिरामीको मृत्यु भएको स्थानीयको आरोप छ । लामा सहित ३ दिनमा २ जनाको नीजि अस्पतालको लापर्वाहीले मृत्यु भएको स्थानीयको आरोप छ ।

नारायणी अस्पतालमा केही डाक्टर सहित ३८ जना स्वास्थ्यकर्मी कोरोनाका संक्रमित भएकोले पूर्ण सेवा दिन नसकिएको मेसु डा मदन कुमार उपाध्यायले बताए । ‘केन्द्रको लिखित निर्देशन कोभिड अस्पताल बनाउने छ । स्थानीयको माग जेनेरल अस्पतालकै छ । चिकित्सक र स्वास्थ्यकर्मी पनि संक्रमित भएको अवस्थामा पूर्ण सेवा दिन सकस छ ।’ उनले भने ।

मृतक लामाका आफन्त र स्थानीयले अस्पताल भित्र पार्किङ्ग गरी राखेको डा उदय नारायण सिंहको बा १२ च ६९६६ नम्बरको गाडी सहित सेनिटाइज गर्ने मेसिन, स्वाव संकलन गर्न बनाइएको ठाउँ तथा गमलाहरुमा क्षति पु¥याएका छन् ।

डाक्टरहरुको २४ घण्टे अल्टिमेटम

पर्साका मात्र नभई सुरुका दिनमा ६ जिल्लाका कोरोना संक्रमितको उपचार गर्दै आएको नारायणी अस्पतालका चिकित्सकहरुले सुरक्षाको ज्ञारेन्टी नभएको भन्दै २४ घण्टे अल्टिमेट दिएका छन् । सोमबार मध्यान्ह १ बजेसम्म सुरक्षाको ज्ञारेन्टी र थप पर्याप्त जनशक्ति नभए काम बन्द गर्ने उनीहरुले चेतावनी दिदै आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । यत्रो महामारीमा ज्यानको पर्वाह नगरी बिरामीको सेवामा खटिरहँदा डाक्टरका अस्पताल र चिकित्सकका नीजि सवारीमा तोडफोड हुने कार्यले अब सेवा दिन नसकिने निस्कर्षमा पुगेको चिकित्सकहरुले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधिसभाको बैठक आह्वान, महाविपद्‍ सम्बन्धमा सभामुखले विशेष प्रस्ताव पेस गर्ने