सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड


काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ संकलन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले सो रकम सरकारलाई उपलब्ध गराएका हुन् ।

रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो ।

प्रधानमन्त्री राहत तथा उद्धार कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम संकलन गर्न सरकारले ११ भदौदेखि सुरु गरेको थियो । त्यसयताकै सबैभन्दा धेरै रकम आज अर्थ मन्त्रालयमार्फत प्राप्त भएको हो । आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत दाताहरूले हस्तान्तरण गरेको चेकको कुल रकम ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा रहेको छ ।

११ भदौमा २७ करोड ३३ लाख रुपैयाँ, १२ भदौमा ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, १४ भदौमा ४ करोड ७९ लाख रुपैयाँ र २ लाख अमेरिकी डलर दाताहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत चेक हस्तान्तरण गरेर उपलब्ध गराएका थिए ।

मन्त्रालयको तथ्यांकअनुसार चार दिनमा अर्थमन्त्रीमार्फत कुल १ अर्ब ३० करोड ७५ लाख ८ हजार ६६१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ । त्यसमध्ये ८० हजार रुपैयाँ नगद थियो भने बाँकी सबै ‘एकाउन्ट पेयी’ चेक रहेका छन् । यस्तै, दुई लाख अमेरिकी डलरको चेक पनि मन्त्रालयमा प्राप्त भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिने घोषणा