धनकुटा। धनकुटाको चौबिसे गाउँपालिका–५ हंसमोरङका महेन्द्र याखालाई आज तमोर नदीले बगाएको छ । हंसमोरङस्थित तमोर नदीमा छिमेकीको मलामी गएका बेला नुहाउँने क्रममा ३३ बर्षीय याखालाई तमोर नदीले बगाएको हो ।
दिउँसो करिब ३ बजे नुहाउँने क्रममा उनलाई तमोर नदीले बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनाको जानकारी पाएपछि मौनाबुधुकस्थित अस्थायी प्रहरी पोष्ट, मुलघाट प्रहरी चौकी र सशस्त्र प्रहरी बल बेस क्याम्प मुलघाटबाट प्रहरी टोली घटनास्थल गएको छ ।
आफन्त, स्थानीयबासी र प्रहरीले बेपत्ता याखाको खोजी गरिरहेको भएपनि हाल सम्म फेला नपरेको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)






