फिफा विश्वकप र एसिया कप छनोटका बाँकी खेल स्थगित

काठमाडौं । एसियाली फुटवल महासंघ एएफसीले फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतका बाँकी खेलहरु स्थगित भएको घोषणा गरेको छ । कोरोना भाइरसको महामारीले नेपालसहितका मुलुकले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताका बाँकी खेलहरु स्थगित भएको एएफसीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरिएको छ ।’ कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउन यसअघि एएफसीले प्रस्ताव गरेको थियो ।

प्रतियोगिताको नेपालले तयारी गरिरहेको थियो । प्रशिक्षणमा सहभागी गराउनुअघि ५४ जना खेलाडीको स्वाब संकलन गरिएको थियो । स्वाबको नतिजा नआउँदै खेल स्थगित भएकाले प्रशिक्षण पनि अन्योलमा परेको छ ।

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी छ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । नेपाल पाँच खेलमध्ये एउटामा जीत निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 399 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा