पहिरोमा ज्यान गुमाउने ११ जनाको सनाखत

तस्वीर : दिनेश थापा/सिन्धुपाल्चोक

सिन्धुपाल्चोक । शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा पुरीएर मृत्यु भएका ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा परी वर्ष ३६ की टिकामाया दोङ,१४ का छिरीङ दोङ,८ का मिलन दोङ,५ का सानु दोङ,७० का जयबहादुर दोङ,३० की दावा लमु दोङ,५ की प्रिती दोङ,५ की तारालामु दोङ,३४ काी धनमाया दोङ र ४ महिनाकी रेमीश दोङको सनाखत भएको छ ।

पहिरोमा वेपत्ता भएकाहरुको खोजी आज बिहानबाट पुन सुरु भएको डीएसपी माधप काफ्लेले जानकारी दिए । नेपाली सेना,प्रहरी र स्थानीयले पहिरोमा पुरीएकाहरुको खोजी सुरु गरेका छन् । त्यस्तै पहिरोमा घाइतेहरुको पनि अहिले उपचार जारी छ । त्यस्तै घाइतेहरु रुपबहादुर दोङ,जुनुमाया दोङ,केवरीङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामुलामा दोङको काठमाडौको सिभील अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड रुपैयाँ