घुस लिएको आरोपमा आफनो कर्मचारीलाई पक्राउ गराएको भन्दै वन कार्यालयद्वारा स्थानीय पक्राउ

सांकेतिक तस्वीर

उदयपुर । वन कार्यालयले आफनो कर्मचारीहरुलाई घुस लिएको आरोपमा पक्राउ गरि पठाएको भन्दै त्यहाँका स्थानीयबासीहरुलाई प्रतिशोध साधन पक्राउ गरेको छ । सप्तकोशी नदिले बगाएर ल्याएको काठ निकालेर चिरेको आरोपमा बेलका नगरपालिका– ३ चिलिया टप्पुका एक स्थानीयसँग १७ हजार रुपैया घुस लिएको आरोपमा वनका ६ जना कर्मचारीलाई स्थानीयबासीले पक्राउ गरि प्रहरीलाई बुझाएका थिए ।

त्यसैको प्रतिशोध साधन वन कार्यालयले स्थानीयबासीहरुलाई पक्राउ गरेको हो, बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए । स्थानीयबासीले वनका ६ जना कर्मचारीलाई पक्राउ गरि प्रहरीलाई बुझाएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा सब डिभिजन वन कार्यालय रामपुरका प्रमुख सहायक वन अधिकृत बिनोद साह, सब डिभिजन वन कार्यालय मैनामैनीका प्रमुख सहायक वन अधिकृत शिवनारायण यादबसहितको संयुक्त गस्ती टोलीले बेलका नगरपालिका– ३ चिलिया टप्पुस्थित भाटेपुलका स्थानीयबासी गोबिन्द राईले सप्तकोशी नदिले बगाएर ल्याएको उतिस र चिलाउने जातको टुटा निकालेर घरमा राखी दाउराका लागि चिर्दै गरेको अबस्थामा भेटि १७ हजार रुपैया लिएको थियो ।

कोशीले बगाएर ल्याएको दाउरा निकालेर चिर्दा पनि वन कर्मचारीले पक्राउ गर्ने नत्र बिगो बराबरको १७ हजार मागेपछि राईले आफुसँग नभएपनि गाउँमा खोजेर उनीहरुलाई १७ हजार दिएको बताए । वन कर्मचारीले अनाबश्यक रुपमा दुख दिएको भन्दै स्थानीयबासीले तत्काल वन कर्मचारीलाई घेरा हालेर पक्राउ गरि ईलाका प्रहरी कार्यालय रामपुरलाई बुझाएको थियो ।

वनका दुई वटा सब डिभिजन कार्यालयबाट संयुक्त रुपमा आठ जनाको टोली कोशी टप्पु तर्फ गस्तीमा निस्केका थिए । स्थानीयबासीले दैनिक जिविकोपार्जनका लागि ज्याला मजदुरी गरि खाने बिपन्न गरिब राईसँग १७ हजार रुपैया घुस लिएको भन्दै पक्राउ गरि प्रहरीलाई खबर गरेको थियो । पक्राउ पर्नेमा सहायक वन अधिकृत बिनोद साह, सहायक वन अधिकृत शिवनारायण यादब, मैनामैनी सब डिभिजनका फरेष्टद्धय बिशेश्वरप्रसाद चौधरी, शैलेन्द्र झा, बन रक्षक मनोज राउत र रामपुर सब डिभिजन कार्यालयका फरेष्ट रमेश राई रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक रामचन्द्र साहले बताए ।

उनीहरुलाई बेलका नगरपालिका– ३ भाटेपुलका स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । कोशीटप्पुमा रामपुर र मैनामैनीको संयुक्त वन गस्ती टोलीले अबैध उतिस र चिलाउने काठ स्थानीयहरुले काटिरहेको अवस्थामा फेला बताएका थिए । गस्ती टोलीले पक्राउ नगरी १७ हजार लिएर छाडने भएपछि स्थानीयहरुले घेरा हानेर उनीहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय रामपुरलाई खबर गरि बुझाएको हो ।

स्थानीयबासीले पक्राउ गरि प्रहरीमा बुझाएको आरोपमा बेलका नगरपालिका– ३ चिलिया टप्पुका खगेन्द्र माझि, नरेश माझी, राजकुमार माझी, धनबहादुर माझी, अनुप राई, बिकास राई र इस्तीहान याक्खा रहेको बेलका नगरपालिकाका नगर प्रमुख थापाले जानकारी दिए ।

त्यसैगरी वन कार्यालयले बेलका नगरपालिका– ४ सिसुवाखोलाको पुलबाट जंगलबाट चिरान काठ ल्याएर आउँदै गर्दा राती खोर्साने झोडाका ४१ वर्षीय गोपाल बिक, हरिपुरका २२ वर्षीय मनोज बिक, १७ वर्षिय नेत्र बिक, १८ वर्षीय कैलाश बिकलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २÷२ थान सालको चिरान बटम बरामद भएको डिभिवन वन कार्यालय गाईघाटले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ