प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

मोरङ । प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमितको संख्या २ हजार नाघेको छ । आइतबार थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ । प्रदेशमा कोरोनाबाट हालसम्म १४ जनाको मृत्यु भएको छ । तीमध्ये ४ जना प्रदेश २ का हुन् भने बाँकी १० जना प्रदेश १ को मोरङका मात्र हुन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार प्रदेश राजधानी स्थित विराटनगर महानगरपालिकामा मात्र अहिलेसम्मकै धेरै ८६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा महानगरपालिकाभित्रका ३२ महिला र ५४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५ सय ६६ पुगेको छ । संक्रमित मध्ये ८६ जना कोरोनामुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

विराटनगरसहित मोरङमा ९२ जनामा संक्रमण देखिएको छ । बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ जना पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ