मोरङ । प्रदेश १ मा बुधबार २ जना कोरोना जितेर डिस्चार्ज हुँदा थप १ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । ३३ जना महिला र ९० जना पुरुष थपिएका हुन् । यस्तै बुधबार प्रदेशबाट २ जना मात्र डिस्चार्ज भएका छन् । मेची अञ्चल अस्पताल धाईजन आईसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका हुन् ।
थपिएका संक्रमित मध्ये मोरङका ६७, सुनसरीका ३७, झापाका १६, पाँचथरका १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । तीमध्ये विराटनगर महानगरका ५२ जना छ्न । महानगरका संक्रमितमध्ये ३२ पुरुष र २० महिला छन् । यस्तै मोरङकै रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १र१ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामधुनीमा २र२ पुरुष, झापाको दमकमा ८, भद्रपुरमा ३, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा १र१ पुरुषको रिपोर्ट पाजेटिभ आएको छ । झापाका २ र पाँचथरका १ पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएकामा भारतका १ महिला र १ पुरुष रहेका छन् ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । अहिलेसम्म प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा बुधबार १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७२ हजार ४६ जनाको पीसीआर परक्षिण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।






