पहिला प्रेमी बनेर बलात्कार, पछि साथी मार्फत भारतमा बिक्री

सांकेतिक तस्वीर

काठमाडौं । १७ वर्षीया किशोरीलाई वेचबिखन गरेको अभियोगमा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने नुवाकोट तादी गाउँपालिका–३ खरानिटार घर भएका अर्पण तामाङ भनिने २२ वर्षीय राजु तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीले आफू वेचबिखनमा परेको भन्ने जानकारी गराएपश्चात प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ती किशोरीलाई तामाङले विवाह गर्ने भन्दै प्रलोभन देखाई प्रेमजालमा फसाएर शुरूमा काठमाडौं गोंगबुस्थित गेष्टहाउसमा लगि पटकपटक बलात्कार गरेका थिए । केही समय बलात्कारपछि आफ्नै साथीको जिम्मा लगाएको र उनका साथीले किशोरीलाई गोंगबुबाट ट्याक्सीमा चितवन हुँदै काकडभिट्टा सिमा नाकाबाट अपरिचित भारतीय पुरुषको जिम्मा लगाएका थिए ।

ती किशोरीलाई तामाङले विवाह गर्ने भन्दै प्रलोभन देखाई प्रेमजालमा फसाएर शुरूमा काठमाडौं गोंगबुस्थित गेष्टहाउसमा लगि पटकपटक बलात्कार गरेका थिए

भारतीय पुरुषले पनि किशोरीलाई विभिन्न डरत्रास देखाई शारीरिक तथा मानसिक पीडा दिँदै रोजगार लगाईदिने बहानामा भारतको विभिन्न ठाँउमा लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।

किशोरीले आफू बेचिएको महसुस गरी भागेर एक अपरिचित नेपालीको सम्पर्कमा पुगेकी थिइन्, ती ब्यक्तिले २०७६ असोज महिनामा कैलाली टिकापुरस्थित ईलाका प्रहरी कार्यालयमा बुझाएकोमा उक्त कार्यालय मार्फत नेपाल नामक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरे पश्चात किशोरीलाई आफन्तको जिम्मा लगाइएको उक्त ब्यूरोले जनाएको छ । तामाङ माथी जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण