विराटनगर महानगरमा ५ दिने निषेधाज्ञा जारी

मोरङ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा शुक्रबार मध्येरातिदेखि निषेधाज्ञा जारी भएको छ । महानगरमा लकडाउन हुँदै गर्दा पनि हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भदौ १० गते मध्येरातिसम्म ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए ।

विराटनगर महानगरपालिकाले लगाएको २१ दिनको लकडाउन शुक्रबार समाप्त भएपछि निषेधाज्ञा जारी भएको हो । महानगरले ७ दिन निषेधाज्ञा जारी गर्न प्रस्ताव गरेपनि सुरक्षा समितिले ५ दिन मात्र निषेधाज्ञा गर्ने निर्णय गरेको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।

विराटनगरमा तीन सातादेखि लकडाउनको अवस्था कायम रहेको भएपनि मानिसहरुको आवागमनमा थप कडाई गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रजिअ निरौलाले बताए । ‘अहिले पनि हिँडडुल नियन्त्रित अवस्थामै छ र अझ व्यवस्थित गर्न निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो,’ प्रजिअ निरौलाले भने ‘पाँच जनाभन्दा बढी हिँडडुल गर्न निषेध गरिनेछ र बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुललाई पूर्णरुपमा निषेध गरिएको छ ।’

निषेधाज्ञामा सार्वजनिक सेवाका क्षेत्रको सवालमा अहिले भइरहेका कामहरुले भने निरन्तरता पाउने प्रजिअ निरौलाले जानकारी दिए । अत्यावश्यक सेवा बाहेकका काम भने बन्द हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ