इलामका थप चार जनामा कोरोना पुष्टि

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा सन्दकपुर ४ माबुका तीन जना र सन्दकपुर ३ सुलुुबुङ्गका एक जना रहेक छन् । यस अघि देखिएका संक्रमितको कन्टयाक टे«सिङका आधारमा एक सय २७ जनाको स्वाब परिक्षण गर्दा चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

सन्दकपुरमा यस अघि वडा सदस्यसहित चार जनामा कोरोना संक्रमण देखिएको थियो । पञ्चकन्या हाइड्रो पावरमा आएर फर्किएका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्टयाक टे«सिङमा भएकाहरुको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । त्यस यता सन्दकपुर गाउँपालिकाले लक डाउनको घोषणा गरेको छ । योसहित जिल्लामा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ