भोजपुरमा तीन प्रहरीमा कोरोना पुष्टि

भोजपुर । भोजपुरमा तीन जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पिसिआर रिपोर्ट पोजेटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन् ।

भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई जिल्ला प्रवेश गर्नु पूर्व अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको थियो । होल्डिङ एरियामा राखेर पिसिआर परिक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद लुईटेलले बताए ।

भदौ ३ गते उनिहरु सहित जरायोटारको होल्डिङ एरियामा रहेका ३० जना र जिल्लामा अग्रपंक्तिमा खटिने अस्पतालका स्वास्थ्यकर्मी, विदामा गएर फर्कीएका कर्मचारी, पत्रकार, सवारी चालक गरी ६८ जनाको नमूना संकलन गरी परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ