गाँउपालिका उपाध्यक्ष ढुंगेललाई कोरोना संक्रमण पुष्टि

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड–१९ सङक्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र सङक्रमितको उपचारको व्यवस्थापनमा खटिदै आएकी थिइन् ।

गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण भएको र नतिजा पोजेजिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । उपाध्यक्ष ढुंगेलको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेको बताइएको छ । ‘ स्वास्थ्यमा खासै समस्या रहेको छैन । घरैमा बसेर आराम गरिरहेको छु । छिट्टै कोरोनालाई जितर गाउँपालिकाको काममा फर्किने छु ।’ उनले भनिन् ।

यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना सङक्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा कोरोनाको सङक्रमण देखिएको थियो । जिल्लामा अहिले दुई जना सक्रिय कोरोना सङक्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ