मोरङका ६ स्थानीय तहमा एक साता लकडाउन थप्ने निर्णय

मोरङ । मोरङका दक्षिण सीमावर्ती स्थानीय तहहरूले लकडाउनलाई एकसाता लम्ब्याउने निर्णय गरेका छ्न । विराटनगर महानगरबाहेक भारतसँग सिमा जोडिएका स्थानीय तहहरुले संयुक्त लकडाउन गर्ने निर्णय गरेका हुन् ।

बुधबार रङ्गेलीमा बसेको सीमावर्ती क्षेत्रका पालिकाका प्रमुख र प्रशासकीय अधिकृतहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा रतुवामाई, सुनबर्षी, रंगेली, धनपालथान, कटहरी र जहदाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो । यसअघि जारी गरिएको भदौ १० सम्मको लकडाउनलाई थप ७ दिन लम्ब्याउने निर्णय गरेको छ । यद्यपी केही खुकुलो नीति समेत अपनाएको छ । अब थप गरिएको लकडाउनमा भने बिहान ६ बजेदेखि १२ बजेसम्म स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै व्यापार व्यवसाय संचालन गर्न, बैंक तथा वित्तीय संस्थाहरु खोल्न दिइने भएको छ ।

यस्तै कोरोना संक्रमितहरुलाई अस्पतालमा प्रभावकारी ढंगले उपचार नगरेको, बिरामीहरुको वेवास्ता गरेको र कोरोना संक्रमणको सन्दर्भमा स्थानीय तहहरुसंग समन्वयमा काम नगरेको प्रति प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराउने निर्णय ६ स्थानीय तहले गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ