इटहरीमा कोरोना संक्रमितको संख्या १ सय नाघ्यो

इटहरी । इटहरी उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । इटहरी उपमहानगरपालिकामा बुधबार थपिएका १४ जनासहित कोरोना संक्रमितको संख्या एक सय नाघेको हो ।

इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाका अनुसार बुधबार इटहरी उपमहानगरपालिकाका १४ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । १४ जनामध्ये तीनजना बालबालिका समेत रहेका छन् । संक्रमित हुनेहरुमा इटहरी वडा नं. २ का ३८ वर्षीय पुरुष, इटहरी वडा नं. ५ का २६ वर्षीय र ४९ बर्षीय पुरुष, ४२ वर्षीय पुरुष र ३४ वर्षीया महिला, इटहरी वडा नं. ९ का २३ र २६ वर्षीया महिला रहेका छन् ।

त्यस्तै, वडा नं. ९ कै ६० वर्षीय पुरुष, इटहरी वडा नं. १२ की १५ वर्षीया बालिका, इटहरी वडा नं. १४ का १२ वर्षीया बालिका र ११ वर्षीय बालक रहेका छन् । त्यस्तै, इटहरी १७ का २३ बर्षीय पुरुष, इटहरी ९ का २८ वर्षीय र ४५ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका इमर्जेन्सी शाखा इन्चार्ज धमलाका अनुसार यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । उनका अनुसार इटहरी उपमहानगरपालिका क्षेत्रमा हालसम्म ३ हजार १ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा १ सय १ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै, कोरोना जित्नेको संख्या २८ पुगेको अस्पताल स्रोतले जनाएको छ । बुधबार नै इटहरी २० का दुईजना कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आएसँगै कोरोना जित्नेको संख्या २८ पुगेको हो ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार सक्रिय संक्रमितहरु केही अस्पतालको आइसोलेसनमा रहेको भएपनि धेरैजसो संक्रमितहरु होम आइसोलेसनमै रहेका छन् । ‘अस्पतालमा बेड अभावका कारण धेरैजसो संक्रमितहरु होम आइसोलेसनमै बस्न बाध्य छन्,’ श्रेष्ठले राजधानीसँग भने, ‘होम आइसोलेसनमै बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’

उनका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीले १४ गतेसम्म जारी गरेको निषेधाज्ञाका कारण इटहरीका कुनै पनि पसलहरु अहिले खोल्न पाइनेछैन । अत्यावश्यक बाहेकका सामानहरु खोल्न नपाईने भएकाले सचेत रहन अपिल गरिएको छ । ‘कोरोनाका कारण आत्तिहाल्नुपर्ने र हतोत्साहित हुनुपर्ने अवस्था नरहेपनि सचेत भने पक्कै हुनैपर्छ,’ श्रेष्ठले भने, ‘कतिपय ठाउँमा त प्रशासनको निर्णय पनि अवज्ञा गरेको पाइन्छ, तर त्यो हाम्रै लागि घातक छ ।’

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ