माेबाइल माग्न हिँडेकी किशाेरीलाई खेतमा लगेर बलात्कार

सांकेतिक तस्वीर

धनगढी । कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ हुन् ।

बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ का दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आइतबार बिहान पक्राउ गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए । चारैजनालाई उनीहरुकै घरबाट पक्राउ गरिएको न्यौपानेले बताए ।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । युवतीमाथि गत बिहीबार राती सामूहिक बलात्कार भएको थियो । राति पल्लो घरमा रहेका बुबासँग मोवाइल माग्न जाने क्रममा उनी चार जनाद्धारा बलत्कृत भएकी बताइएको छ ।

मलाई अपहरण गरेर नजिकैको खेतमा लगेर त्यो समूहले बलात्कार गरेको हो उनले प्रहरीलाई भनेकी छन् । उनले पीडकहरुका विरुद्धमा बालिकाले शनिबार प्रहरीलाई बयान दिएकी हुन् ।

बलात्कार लुकाएर बसेकी ती किशोरीको अवस्था ’bout उनका साथीहरुले खोजी नीति गर्ने क्रममा शुक्रबार साँझ मात्रै उनले आफू बलात्कृत भएको बताएकी थिइन । युवतीकी आमा कामको सिलसिलामा भारतमा रहेको र उनी बाजेबज्यै र बु्बासँगै बस्दै आएकी छन् । घटनामा संलग्न भनिएकाहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । पीडित भनिएकी युवतीको स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो