इटहरी । इटहरीमा एकैदिन २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । सोमबार राति आएको पीसीआर परीक्षणको रिपोर्टमा ईलाका प्रहरी कार्यालय इटहरीका १२ जना पुरुष प्रहरी सहित इटहरी उपमहानगरपालिकामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेहरु इटहरी ३ का १ जना, ३५ बर्षीया महिला, इटहरी ६ का १ जना, ३० बर्षीय पुरुष, इटहरी ९ का १ जना, ४० बर्षीय पुरुष, इटहरी १२ का १ जना ५५ बर्षीय पुरुष, इटहरी १३ का १ जना ४० बर्षीया महिला, प्रगति टेक्सलायल इटहरी १३ का ४ जना ३१, ४४, ४८ र ५२ बर्षीय पुरुष, ईलाका प्रहरी कार्यालय इटहरीका १२ जना २४, २५, २६, २६, २६, २७, २९, ३३, ३७, ३८, ३८ र ४० बर्षीय पुरुष रहेका छन् । यो संगै इटहरीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ सय ५४ पुगेको छ ।
यस्तै, मंगलबार सुनसरीमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । सोमबार राती र मंगलबार आएको रिपोर्टमध्ये सुनसरीमा ५६ जना संक्रमित थपिएका हुन् ।
मंगलबार बिहान थपिएका धरानका २ जना १ महिला, १ पुरुष र सोमबार राति थपिएका ५४ जनासहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । थपिएकाहरूमा इनरुवाका २६, इटहरीका २१, दुहबीका ७, र धरानका दुईजना रहेका छन् । यो सँगै सुनसरीमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या ७ सय ६२ पुगेको छ भने ३ सय ५० जना निको भएका छन् । अहिलेसम्म सुनसरीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।






