मुलुकभर १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण

काठमाडाैं ।  शुक्रबार मुलुकभर १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । याे पछिल्लाे २४ घन्टामा देखिएकाे नतिजा हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ४९ महिला र ६ सय ९२ जना पुरुष गरी कुल १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४५ हजार नाघेको छ । आजसम्म ४५ हजार २ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये १७ हजार ८ सय ७० सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार ८ सय ६६ जना छन् भने ८ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ६० प्रतिशत छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ७ लाख ५७ हजार ९६३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ५ सय ६१ जना क्वारेन्टाइनमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो