बझाङमा पाटेबाघकाे छाला सहित दाजुभाई पक्राउ

सांकेतिक तस्वीर

 बझाङ ।  बझाङमा पाटेबाघकाे छाला सहित २ जना पक्राउ परेका छन् । बुङ्गल नगरपालिका वाडा नब्बर ६ का २७ बर्षिया हरजित बाेहरा र २३ बर्षिया विरेन्द्र बाेहरा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बझाङ का निमित्त कार्यालय प्रमुख ईन्स्पेटर नेत्र बाेहराले जानकारि दिए ।

२ थान बाघकाे छाला सहित ९ किलाे हड्डि नियन्त्रण मा लिएकाे प्रहरीले जानाएकाे छ । आइतबार राति २:४१ बजे अस्थायी प्रहरी पाेष्ट विजगडाकाे टाेलिले दुबै जनालाई नियन्त्रणमा लिएकाे हाे । बुङ्गल नगरपालिका वडा नम्बर ३ काे विजगडा सल्लेखाेचबाट उनिहरूलाई नियन्त्रणमा लिईएकाे र थप अनुसन्धान भैरहेकाे प्रहरिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशन रोक्ने देउवा र खड्काको छुट्टाछुट्टै रिट अध्ययनकै क्रममा