काठमाडौं । नेपाली कांग्रेसले सूचना तथा प्रविधिमन्त्री गोकूल बाँस्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’
७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ ।’
तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)






