देवरको कुटपिटबाट भाउजुको मृत्यु

सांकेतिक तस्वीर

भोजपुर । जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरि भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका – ५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरि कुटपिट हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटपछि ढिलबाट हुत्याएर आफु घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण कुमार चन्दले जानकारी दिए ।

राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ