ओसाका दोस्रोपटक यूएस ओपन च्याम्पियन

न्युयोर्क । चौथो वरीयताकी जापनिज नाओमी ओसाका यस वर्षको यूएस ओपन टोनिसको महिला एकलतर्फको च्याम्पियन बनेकी छन् । अमेरिकाको न्युयोर्कमा आइतबार बिहान भएको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कामाथि ३–१ को जित निकाल्दै ओसाका दोस्रोपटक यूएस ओपन च्याम्पियन बन्न सफल भएकी हुन् ।

ओसाकाले २०१८ मा अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जितेकी थिइन् । चौथो वरीयताकी ओसाकाले पहिलो सेट १–६ ले सहजै अजरेन्कालाई सुम्पिए पनि त्यसपछिको दुवै सेट सहजै आफ्नो पक्षमा पार्न सफल भएकी थिइन् । दोस्रो सेटमा ६–३ को सहज जित निकालेकी ओसाकाले तेस्रो सेट पनि ६–३ ले नै आफ्नो पक्षमा पार्दै तेस्रो ग्रान्डस्लाम उपाधि जित्न सफल भइन् ।

२२ वर्षीय ओसाकाले यसअघि २०१९ मा अस्ट्रेलियन ओपनको पनि उपाधि जितेकी थिइन् । उनी फाइनल पुगेको खेलमा पराजित हुनुपरेको छैन । २०१३ पछि पहिलोपटक ठूलो प्रतियोगिताको फाइनल खेलेकी ३१ वर्षीय अजरेन्काले राम्रो सुरुवात गरेर पनि सोही प्रदर्शनलाई निरन्तरता दिन नसक्दा उपाधिबाट चुकिन् । दुईपटकको अस्ट्रेलियन ओपन अजोरेन्काले अमेरिकी सेरेना विलियम्सलाई २–१ को सेटमा तथा ओसाकाले अमेरिकी जेनिफर ब्राडीलाई २–१ को सेटमा पराजित फाइनलमा स्थान बनाएका थिए । पुरुषतर्फ डोमिनिक थिएम र एलेक्जेन्डर जेभेरेभबीच प्रतिस्पर्धा हुँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन