रौतहटका विपन्न ३ हजार परिवारलाई स्वास्थ्य समाग्री हस्तान्तरण

रौतहट । कोरोनाको महामारीलाई नियन्त्रण गर्न सहज हुने भन्दै रौतहटमा एक सस्थाले ३ हजार बिपन्न परिवारलाई स्वास्थ्य समाग्री हस्तान्तरण गर्ने अभियान चलाएको छ । ४१ औं समाजिक सेवा दिवशको अबसर पारेर रौतहटको विभिन्न १८ वटै स्थानिय तहका विपन्न क्षेत्रका परिवारलाई सो स्वास्थ्य समाग्री हस्तान्तरण अभियान थालेको हो । अक्सफाम नेपालको आर्थिक सहयोगमा र आरडिसी नेपालको आयोजनामा जिल्लाभरीका बिपन्न परिवारलाई सो समान हस्तान्तरण गर्न थालिएको आरडिसी नेपालका अध्यक्ष पारस हुसेनले जानकारी दिएका छन् ।

यसैबिच आइतबार चन्द्रपुर नगरपालिकामा आयोजित सोही समाग्री हस्तान्तरण कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले यस्ता किसिमको सहयोगले कोरोना महामारी नियन्त्रण गर्न सहज हुने बताएका छन् । कोरोना महामारीको युद्ध लडन सबै नागरिक सचेत हुनुपर्ने प्रमुख जिल्ला अधिकारी यादबको भनाइ रहेको थियो ।

यस्तै कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले यस्ता सहयोगले समाजमा सरसफाइ राख्न ठुलो सहयोग पुग्ने धारणा राखेका थिए । कार्यक्रममा चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरी, शसस्त्र प्रहरी सन्तपुर बेस क्यापका डिएसपी, चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष अमर आले, आरडिसी नेपालका अध्यक्ष पारस हुसेन, कोषाध्यक्ष ममता झा लगायतको उपस्थिती रहेको थियो ।

चन्द्रपुर नगरपालिका वाड नं. ४ को प्रागंणमा भएको उक्त समाग्री हस्तान्तरण कार्यक्रम आरडिसी नेपालका कार्यक्रम संयोजक बिजय कुमार साहको संचालनमा सम्पन्न भएको थियो । जिल्लाभर ३ हजार परिवारलाई किट बाडने कार्यक्रम अनुसार अहिलेसम्म १ हजार परिवारलाई किट बितरण गरिसकेको र बाकीलाई पनि बितरण गदै जाने आरडिसी नेपालका अध्यक्ष पारस हुसेलनले जानकारी दिएका छन् । समाजिक क्षेत्र राष्ट्रिय गौरब आजको प्राथामिकता, समृद्धी र सुखको लागि समाजिक रुपान्तर र उधमशिलता भन्ने मुल नाराको साथ ४१ औं समाजिक सेवा दिवशको अबसरमा उक्त समाग्री हस्तान्तरण गरेको आरडिसी नेपालका कार्यक्रम संयोजक बिजय साहले जानकारी दिएका छन् । हस्तान्तरण गरेको उक्त ब्याग भित्र झुल, सेनीटरी प्याड, नुहाउने साबुन, लुगाधुने साबुन, ब्रस, तुथपेष्ट आदि समान रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ